News Portal

साउदीमा दाङका यमबहादुर उपचारकै क्रममा अस्ताए

हिमाली संचार संवाददाता
७६० पटक

तेज थापा/साउदी : वैदेशिक रोजगारको सिलसिलामा साउदी अरब आएका एक नेपालीको दुःखद निधन भएको छ । ताबुक स्थित आस्त्रा कम्पनीमा काम कार्यरत यम बहादुर वलीको अस्पतालमा उपचारकै क्रममा निधन भएको हो ।

केही समयदेखि अस्वस्थ रहदै आएका उनि १७ नोभेम्ब, २०१८ मा एक्कासी बिमारले चापे पछि प्रीन्स फाहाद बिन हस्पिटलमा भर्ना भएका थिए । अवस्था अत्याधिक नाजुक रहेको डाक्टरले तत्कालै सल्यक्रिया गर्नु सल्लाह दिए पछि गत शुक्रबार २३, नोभेम्बर शल्यक्रिया भएको थियोे । शल्यक्रिया पश्चात् अस्पतालको ICU कक्ष मै मृत्यु भएको उनका सहकर्मी दिनेश तामाङ र मनिराम ढकालले आफुलाई जानकारी दिएको एनआरएनए ताबुकका क्षेत्रीय अध्यक्ष अर्जुन थापाले बताए ।

मृतक वलीको ७ महिना अघि पनि पायल्सको सल्यक्रिया भएको थियो । शल्यक्रिया पछि “वहाँको स्वास्थ्यमा खासै सुधार नभइ थप अरु बिमारले समेत च्यापेको थियो”- क्षेत्रीय अध्यक्ष थापाले भने । साथै घटनाको विवरण जेद्धा कन्सुलरमा समेत अवगत गराएको उनले बताए ।

घोराही उपमहानगरपालिका ३, दाङ स्थाइ घर भएका वली ७ बर्ष देखी साउदि अरब कार्यरत थिए । मृतकका श्रीमती र दुई छोरीहरु छन् भने घरको आर्थिक स्थिति अति कमजोर रहेकोले परिवारको भविष्य समेत अन्योलमा पर्ने भएको छ ।

प्रतिकृया दिनुहोस्

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...

गंगा–जमुना–१ मा साना बालबालिकालाई न्यानो कपडा सहयोग

धादिङ – धादिङ जिल्ला, गंगा–जमुना गाउँपालिका–१, किचेतस्थित देउराली आधारभूत विद्यालयमा ठोट्नेपानी संरक्षण, संवर्धन तथा विकास...

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...