News Portal

राजावादी आन्दोलन चक्रपथ बाहिरै सीमित गर्न प्रधानमन्त्री ओलीको निर्देशन

हिमालीसंचार संवाददाता
२४९ पटक

काठमाडौं, जेठ १४ – राजधानी काठमाडौंमा जेठ १५ गतेदेखि सुरु हुने भनिएको राजावादी आन्दोलनलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली सक्रिय देखिएका छन्। उनले सुरक्षा निकायहरूलाई विशेष सतर्कता अपनाउँदै आन्दोलनलाई चक्रपथभित्र प्रवेश गर्न नदिन निर्देशन दिएका छन्। बुधबार बसेको उच्चस्तरीय सुरक्षा बैठकमा प्रधानमन्त्री ओलीले चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग सल्लाह गर्दै राजधानीको शान्ति सुरक्षा र व्यवस्थापन सुनिश्चित गर्न विशेष सुरक्षा योजना तयार गर्न आदेश दिएका हुन्।

स्रोतका अनुसार बैठकमा सहभागी सुरक्षा प्रमुखहरूले भने आन्दोलनको स्वरूप, सम्भावित भीड र सुरक्षामा पर्ने दबावका विषयमा चिन्ता व्यक्त गरेका थिए। उनीहरूले आन्दोलनको प्रकृति हेरेर रणनीति बनाउनु उपयुक्त हुने सुझाव दिएका थिए।

राजावादी पक्षले ‘हिन्दू राष्ट्र पुनःस्थापना’ र ‘राजतन्त्रको पुनर्बहाली’को माग गर्दै जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलनको घोषणा गरिसकेको छ। उता नेकपा एमालेले पनि सोही दिन ‘गणतन्त्र दिवस’ मनाउने तयारी गरिरहेको छ। दुई फरक धारका राजनीतिक गतिविधि एउटै दिन राजधानीमा तय भइरहँदा सुरक्षा निकाय थप सतर्क बनेका छन्।

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले जेठ १५ को दिन राजधानी काठमाडौंलाई पूर्ण रूपमा एमालेको ‘नियन्त्रण क्षेत्र’मा रूपान्तरण गर्ने खालको सुरक्षा रणनीति कार्यान्वयन गर्न निर्देशन दिइसकेका छन्। तर, राजावादीहरूको प्रदर्शन र एमालेको कार्यक्रम कुन स्थानमा हुने भन्ने विषयमा अझै टुंगो लागेको छैन।

राजधानीमा एकैदिन दुई विपरीत ध्रुवका कार्यक्रम हुन लागेका कारण परिस्थिति संवेदनशील बन्न सक्ने आँकलन गरिएको छ। यसै कारण, सुरक्षा संयन्त्रलाई मजबुत बनाउने र अनावश्यक भिडभाड नियन्त्रण गर्ने तयारी भइरहेको सुरक्षा स्रोतहरूले बताएका छन्।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...