News Portal

राजावादी आन्दोलन चक्रपथ बाहिरै सीमित गर्न प्रधानमन्त्री ओलीको निर्देशन

हिमालीसंचार संवाददाता
१७३ पटक

काठमाडौं, जेठ १४ – राजधानी काठमाडौंमा जेठ १५ गतेदेखि सुरु हुने भनिएको राजावादी आन्दोलनलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली सक्रिय देखिएका छन्। उनले सुरक्षा निकायहरूलाई विशेष सतर्कता अपनाउँदै आन्दोलनलाई चक्रपथभित्र प्रवेश गर्न नदिन निर्देशन दिएका छन्। बुधबार बसेको उच्चस्तरीय सुरक्षा बैठकमा प्रधानमन्त्री ओलीले चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग सल्लाह गर्दै राजधानीको शान्ति सुरक्षा र व्यवस्थापन सुनिश्चित गर्न विशेष सुरक्षा योजना तयार गर्न आदेश दिएका हुन्।

स्रोतका अनुसार बैठकमा सहभागी सुरक्षा प्रमुखहरूले भने आन्दोलनको स्वरूप, सम्भावित भीड र सुरक्षामा पर्ने दबावका विषयमा चिन्ता व्यक्त गरेका थिए। उनीहरूले आन्दोलनको प्रकृति हेरेर रणनीति बनाउनु उपयुक्त हुने सुझाव दिएका थिए।

राजावादी पक्षले ‘हिन्दू राष्ट्र पुनःस्थापना’ र ‘राजतन्त्रको पुनर्बहाली’को माग गर्दै जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलनको घोषणा गरिसकेको छ। उता नेकपा एमालेले पनि सोही दिन ‘गणतन्त्र दिवस’ मनाउने तयारी गरिरहेको छ। दुई फरक धारका राजनीतिक गतिविधि एउटै दिन राजधानीमा तय भइरहँदा सुरक्षा निकाय थप सतर्क बनेका छन्।

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले जेठ १५ को दिन राजधानी काठमाडौंलाई पूर्ण रूपमा एमालेको ‘नियन्त्रण क्षेत्र’मा रूपान्तरण गर्ने खालको सुरक्षा रणनीति कार्यान्वयन गर्न निर्देशन दिइसकेका छन्। तर, राजावादीहरूको प्रदर्शन र एमालेको कार्यक्रम कुन स्थानमा हुने भन्ने विषयमा अझै टुंगो लागेको छैन।

राजधानीमा एकैदिन दुई विपरीत ध्रुवका कार्यक्रम हुन लागेका कारण परिस्थिति संवेदनशील बन्न सक्ने आँकलन गरिएको छ। यसै कारण, सुरक्षा संयन्त्रलाई मजबुत बनाउने र अनावश्यक भिडभाड नियन्त्रण गर्ने तयारी भइरहेको सुरक्षा स्रोतहरूले बताएका छन्।

प्रतिकृया दिनुहोस्

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...