News Portal

राजावादी धारका नेताहरूको सुरक्षामा फेरबदल, राप्रपाका शीर्ष नेताहरूका पीएसओ फिर्ता

हिमालीसंचार संवाददाता
२९४ पटक

काठमाडौँ, जेठ १४ – देशको पछिल्लो राजनीतिक परिस्थितिसँगै सुरक्षा व्यवस्थामा चासो बढिरहेका बेला प्रहरी प्रधान कार्यालयले राजावादी धारका नेताहरूको पर्सनल सेक्युरिटी अफिसर (पीएसओ) फिर्ता लिएको छ। राप्रपाका शीर्ष नेताहरू तथा पूर्वमन्त्रीहरूलाई दिइएको सुरक्षाकर्मी सेवा तत्कालका लागि हटाइएको प्रहरी स्रोतले जनाएको छ।

स्रोतका अनुसार राप्रपाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देन, पूर्वअध्यक्ष पशुपति शम्शेर राणा, सांसद बुद्धिमान तामाङ, दीपक सिंह, विक्रम पाण्डे, प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाही, तथा पूर्व प्रहरी महानिरीक्षकसमेत रहेका सांसद ध्रुवबहादुर प्रधानको पीएसओ फिर्ता बोलाइएको छ।

त्यसैगरी, राप्रपा नेपालका अध्यक्ष तथा पूर्व गृहमन्त्री कमल थापालाई दिइएको पीएसओ पनि हटाइएको छ।

यसबारेमा नेपाल प्रहरीका प्रवक्ता एसएसपी रमेश थापाले हाल ती पीएसओहरूलाई ‘ब्रिफिङ’ का लागि बोलाइएको जानकारी दिँदै अहिलेको चरणलाई अस्थायी मानेर भविष्यमा पुनः सुरक्षाकर्मी उपलब्ध गराउने वा नगर्ने भन्नेबारे अन्तिम निर्णय हुन बाँकी रहेको बताए।

सुरक्षाको दृष्टिकोणले संवेदनशील ठानिने नेताहरूको पीएसओ फिर्ता गरिनुले गम्भीर राजनीतिक संकेत दिएको विश्लेषण गरिएको छ। पछिल्ला दिनहरूमा राजसंस्थाको बहालीको पक्षमा चर्किंदै गएको आन्दोलन र त्यसमा नेताहरूको सक्रिय सहभागितालाई समेत जोडेर यो निर्णय लिइएको हुनसक्ने अनुमान गरिँदैछ।

यद्यपि, प्रहरी प्रशासनले औपचारिक रुपमा कुनै राजनीतिक कारण उल्लेख नगरेको भए पनि समय, प्रसंग र व्यक्ति हेर्दा यो निर्णय सामान्य प्रशासनिक प्रक्रिया मात्र नभई गहिरो सन्देशसहितको कदम भएको देखिन्छ।

प्रतिकृया दिनुहोस्

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...