News Portal

राजावादीको आन्दोलनको प्रतिवादमा एमाले आक्रामक, च्यासलमा रणनीतिक बैठक जारी

हिमालीसंचार संवाददाता
२२० पटक

काठमाडौं, जेठ १२ – राजसंस्था पुनःस्थापनाको पक्षमा सक्रिय भएका राजावादी शक्तिहरूलाई निष्क्रिय तुल्याउन नेकपा एमालेले योजनाबद्ध रूपमा रणनीति बनाउँदै गएको छ। सोही सन्दर्भमा एमालेका विभिन्न जनसंगठनहरूको संयुक्त बैठक सोमबार बिहानदेखि पार्टीको केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ।

बैठकमा पार्टी महासचिव शंकर पोखरेलको विशेष उपस्थिति रहेको छ भने उपमहासचिव विष्णु रिमाल, सचिवहरू योगेश भट्टराई, लेखराज भट्ट, पद्मा अर्याल, गोकर्ण विष्टलगायतका शीर्ष नेताहरू सहभागी छन्। बैठकको मुख्य एजेन्डा भनेको यही जेठ १५ गते आयोजना गर्न लागिएको भव्य जनप्रदर्शनको तयारी हो, जसलाई गणतन्त्र दिवसका रूपमा विशेष उत्सवका रूपमा मनाउने एमालेको योजना रहेको छ।

२०६५ सालको यही जेठ १५ गते नेपालले औपचारिक रूपमा गणतन्त्रको घोषणा गरेको ऐतिहासिक दिन हो। तर यसपटक सोही मितिमा राजावादी शक्तिहरूले राजसंस्था पुनःस्थापनाका लागि देशव्यापी आन्दोलनको घोषणा गरेका छन्। नवराज सुवेदी नेतृत्वको ‘संयुक्त जनआन्दोलन समिति’ गठन गरी राप्रपा, राप्रपा नेपाललगायतका दलहरूको समर्थनमा उनीहरूले आन्दोलनलाई निरन्तरता दिने चेतावनी दिएका छन्।

एमालेले यिनै गतिविधिहरूलाई लोकतान्त्रिक प्रणालीमाथिको चुनौतीका रूपमा लिँदै त्यसको प्रतिवादमा उत्रन आन्तरिक तयारीलाई तीव्र बनाएको हो। आइतबार सम्पन्न सचिवालय बैठकले राजावादीको आन्दोलनको प्रभावलाई खारेज गर्ने गरी रणनीति निर्माण गर्ने निर्णय गरिसकेको थियो।

पार्टी अध्यक्ष केपी शर्मा ओली स्वयंले राजावादीहरूको अभियानलाई रोक्न स्पष्ट निर्देशन दिइसकेका छन्। त्यसकै सन्दर्भमा च्यासलमा जारी बैठकबाट आन्दोलनको प्रतिवाद र जनसमर्थन जुटाउने विस्तृत कार्ययोजना तय हुँदैछ।

एमाले स्रोतहरूका अनुसार जेठ १५ गतेको जनप्रदर्शनमा हजारौंको संख्यामा सहभागी जुटाउने र संविधान, गणतन्त्र र संघीयताको रक्षाका लागि जनमत बलियो बनाउने लक्ष्य लिइएको छ।

गणतन्त्रको रक्षाका नाममा सशक्त ढंगले उत्रिएको एमालेको यो कदम निकट भविष्यमा मुलुकको राजनीतिक समीकरणलाई थप तातो बनाउने अनुमान गरिएको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...