News Portal

ओलीको खुलासा : ‘३२ अर्बको हल्ला प्रचण्डको डिजाइन, माधव–झलनाथको समर्थन’

हिमालीसंचार संवाददाता
४२१ पटक

काठमाडौं, जेठ ११ – प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै काठमाडौँमा आयोजित एक कार्यक्रममा आफूविरुद्ध फैलाइएको आर्थिक हल्लाप्रति तीव्र आपत्ति जनाउँदै त्यसको स्रोत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भएको आरोप लगाएका छन्।

ओलीले प्रचण्डले कम्बोडियामा आफूले ३२ अर्ब रुपैयाँ राखेको भनी नियोजित ढंगले भ्रम फैलाएको दाबी गर्दै उक्त हल्लाको पछाडि पूर्वनेता माधवकुमार नेपाल र झलनाथ खनाल पनि सक्रिय रहेको स्पष्ट पारे।

“यो गरिब देशबाट मैले ३२ अर्ब लगेर कम्बोडियाको टेलिकम कम्पनीमा राख्छु? त्यो पनि यस्तो संस्थामा जहाँ प्रत्येक कारोबार ट्रान्सपरेन्ट हुन्छ? त्यसरी झूटको खेती गरिन्छ भने अब त कम्बोडियाको सरकार पनि मेरो हो भन्न बाँकी के छ र?” ओलीले आक्रोश पोखे।

प्रधानमन्त्री ओलीले यस्ता हल्लाहरू केवल आफूलाई बदनाम गर्न र राजनीतिक रूपमा कमजोर पार्न गरिएको अभियान भएको बताउँदै, ती हल्लाको पछाडि एमाले विभाजन गर्न चाहने शक्ति रहेको आरोप लगाए। उनका अनुसार, “जुन नेताहरूले १३-१४ वर्षसम्म कम्युनिस्ट पार्टीको नेतृत्व गरे, आज त्यही पार्टीको नाम मेटाउने षड्यन्त्रमा छन्। कुनैले भन्छन्— टाँसिदिन्छौं, कुनैले भन्छन्— हराइदिन्छौं। तर एमालेलाई जनताको विश्वासबाट हराउन सकिन्न।”

कार्यक्रममा ओलीले माओवादी नेतृत्वप्रति पुरानै आरोप दोहोर्याउँदै भने— २०६४ सालमा माओवादीले आफ्ना लडाकुहरूलाई क्याम्पमा राखेर जनतालाई तर्साउने र आतंक फैलाउने काम गर्‍यो। त्यही कारण एमाले पराजित भयो। तर अहिले त्यस्तै सपना देख्नु व्यर्थ छ, किनभने जनताले अहिले त्यो समय सम्झँदै साँचो नेतृत्व को हो भन्ने बुझेका छन्।

प्रधानमन्त्री ओलीले आफूविरुद्ध मुद्दा हालेर जेल हाल्न खोजिएको पनि उल्लेख गर्दै राजनीतिक बदला र पूर्वगठबन्धनका नेताहरूको व्यक्तिगत स्वार्थका कारण मुलुकलाई अस्थिरतातर्फ धकेलिएको चेतावनी दिए।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...