News Portal

  • एसइई परीक्षाको चैत १० गतेदेखि शुरु (हेर्नुहोस तालिका सहित)

    हिमाली संचार संवाददाता
    ६२५ पटक

    भक्तपुर : राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसइई परीक्षा आगामी चैत १० गतेदेखि सञ्चालन गर्ने भएको छ। बोर्डले आज एसइई परीक्षाको तालिका सार्वजनिक गर्दै आगामी चैत १० गते आइतबार शुरु हुने परीक्षा २१ गते बिहीबारसम्म सञ्चालन हुने जानकारी दिएको हो। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए।

    बोर्डका अनुसार आगामी चैत १० अनिवार्य अङ्ग्रेजी र ११ गते अनिवार्य नेपालीको परीक्षा हुनेछ। त्यस्तै चैत १२ गते बिदा, १३ गते अनिवार्य गणित, १४ गते अनिवार्य विज्ञान र वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृति, व्याकरण र संस्कृतिको परीक्षा छ।

    चैत १५ गते अनिवार्य सामाजिक अध्ययन र प्राविधिक धारको विषय, १६ गते अनिवार्य स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण शिक्षा, अनिवार्य संस्कृत भाषा र प्राविधिक धारतर्फका विषयको परीक्षा सञ्चालन हुनेछ।

    त्यस्तै चैत १७ गते साधारण तथा संस्कृतितर्फका ऐच्छिक प्रथमपत्रका सबै विषय, वेद तथा नीतिशास्त्र र प्राविधिकतर्फको ऐच्छिक गणित, १८ गते साधारण तथा संस्कृतितर्फका ऐच्छिक द्वितीयपत्रका सबै विषय, प्राविधिकतर्फका विभिन्न विषय, १९, २० र २१ गते प्राविधिकतर्फका बाँकी विषयको परीक्षा सञ्चालन गरिनेछ। रासस

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    जेनजी आन्दोलनपछि जन्मिएका १० नयाँ दललाई निर्वाचन आयोगको मान्यता

    काठमाडौं, मंसिर ५ – जेनजी आन्दोलनको लहरसँगै गठन भएका १० नयाँ राजनीतिक दलले अन्ततः निर्वाचन...

    सवारी चालक अनुमतिपत्रको विवरण अब फेसबुकमार्फत सार्वजनिक

    काठमाडौं, मंसिर ५ – यातायात व्यवस्था विभागले छपाइ भई वितरणका लागि तयार भएका सवारी चालक अनुमतिपत्र...

    बस्नेतको चेतावनी: “१ लाख कार्यकर्तासहित सिंहदरबारमा सभा आयोजना गर्ने तयारी”

    काठमाडौं, मंसिर ५ – नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) कार्यक्रमका क्रममा...

    ओलीको स्पष्टीकरण: ‘युथ भोलेन्टियर फोर्स’ शान्ति र सुव्यवस्थाका लागि हो

    काठमाडौं, मंसिर ५ – एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीले गठन गरेको ‘युथ भोलेन्टियर फोर्स’ देशमा...

    सुधन गुरुङको टोली सिमरा पुगेपछि जेन-जी र प्रशासनबीच निर्णायक वार्ता हुने

    काठमाडौं, मंसिर ५ – बाराको सिमरामा तीन दिनदेखि चलिरहेको तनावपूर्ण अवस्थाबीच जेन-जी समूहको आन्दोलन नयाँ...