News Portal

एसइई परीक्षाको चैत १० गतेदेखि शुरु (हेर्नुहोस तालिका सहित)

हिमाली संचार संवाददाता
६७० पटक

भक्तपुर : राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसइई परीक्षा आगामी चैत १० गतेदेखि सञ्चालन गर्ने भएको छ। बोर्डले आज एसइई परीक्षाको तालिका सार्वजनिक गर्दै आगामी चैत १० गते आइतबार शुरु हुने परीक्षा २१ गते बिहीबारसम्म सञ्चालन हुने जानकारी दिएको हो। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए।

बोर्डका अनुसार आगामी चैत १० अनिवार्य अङ्ग्रेजी र ११ गते अनिवार्य नेपालीको परीक्षा हुनेछ। त्यस्तै चैत १२ गते बिदा, १३ गते अनिवार्य गणित, १४ गते अनिवार्य विज्ञान र वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृति, व्याकरण र संस्कृतिको परीक्षा छ।

चैत १५ गते अनिवार्य सामाजिक अध्ययन र प्राविधिक धारको विषय, १६ गते अनिवार्य स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण शिक्षा, अनिवार्य संस्कृत भाषा र प्राविधिक धारतर्फका विषयको परीक्षा सञ्चालन हुनेछ।

त्यस्तै चैत १७ गते साधारण तथा संस्कृतितर्फका ऐच्छिक प्रथमपत्रका सबै विषय, वेद तथा नीतिशास्त्र र प्राविधिकतर्फको ऐच्छिक गणित, १८ गते साधारण तथा संस्कृतितर्फका ऐच्छिक द्वितीयपत्रका सबै विषय, प्राविधिकतर्फका विभिन्न विषय, १९, २० र २१ गते प्राविधिकतर्फका बाँकी विषयको परीक्षा सञ्चालन गरिनेछ। रासस

प्रतिकृया दिनुहोस्

पहिरोका कारण भेडेटार–नाम्जे सडक ठप्प

धनकुटा, २९ फागुन — हिमाली संचार संवाददाता। लगातार सुक्खा पहिरो झरेपछि भेडेटार–नाम्जे सडक पूर्ण रूपमा...

पशुपति आर्यघाटमा मोहनप्रसाद ओलीको अन्त्येष्टि, ओलीद्वारा मुखाग्नि

काठमाडौं, फागुन २९ — पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको काठमाडौंस्थित पशुपति आर्यघाटमा...

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...