News Portal

काठमाडौं मेयर बालेन शाह गणतन्त्र दिवसको मूल समारोह समितिबाट हट्ने सम्भावना, प्रधानमन्त्री ओलीको कडा संकेत

हिमालीसंचार संवाददाता
२२५ पटक

काठमाडौं, जेठ ५ – गणतन्त्र दिवस २०८२ को मूल समारोहको तयारीका लागि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले एक नयाँ मोड लिएको छ। बैठकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको पुनः अनुपस्थितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई असन्तुष्ट तुल्याएको छ। सोही कारणले उनलाई समितिबाट हटाउने संकेत प्रधानमन्त्रीले दिएका छन्।

विश्वस्त स्रोतका अनुसार, प्रधानमन्त्री ओलीले मेयर शाहको नाम नलिए पनि काठमाडौं महानगर प्रमुखजस्तो महत्वपूर्ण पदमा बसेको व्यक्ति गणतन्त्र दिवसजस्तो राष्ट्रिय गौरवको कार्यक्रममा निरन्तर अनुपस्थित हुनु लज्जास्पद भएको प्रतिक्रिया दिएका छन्। स्रोतले भन्यो, “उहाँले स्पष्ट रूपमा भन्नुभयो—यदि सहभागी नहुने हो भने अबदेखि यस्ता समितिमा नराख्नू।”

यो वर्ष मात्र होइन, अघिल्लो वर्षको गणतन्त्र दिवसमा पनि मेयर शाह अनुपस्थित नै थिए। यसपटक पनि बैठकमा नआएपछि उनकाे भूमिकामाथि गम्भीर प्रश्न उठेको छ। सम्भवतः अब मूल समारोह समितिमा महानगर प्रमुखको पदेन सदस्यता नै हटाइने प्रक्रियातर्फ सरकारले उन्मुख हुने संकेत देखिएको छ।

बैठकले जेठ १४, १५ र १६ गते गणतन्त्र दिवसका सन्दर्भमा दीप प्रज्वलनसहित कार्यक्रमहरू सञ्चालन गर्न विभिन्न तहगत समिति तथा उपसमितिहरू गठन गर्ने निर्णयसमेत गरेको छ। त्यसैगरी, विदेशमा रहेका नेपाली दूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासहरूमा समेत कार्यक्रम सञ्चालन गरिनेछ।

गणतन्त्र दिवसको मूल समारोह भने जेठ १५ गते सैनिक मञ्च टुँडिखेलमा हुने तय गरिएको छ, जहाँ प्रधानमन्त्री स्वयंको अध्यक्षतामा कार्यक्रम सञ्चालन हुनेछ।

यस घटनाक्रमले राजधानीको नेतृत्वकर्तामाथि नयाँ बहस जन्माएको छ—के राष्ट्रिय जिम्मेवारीमा निर्वाचित पदाधिकारीहरूको सहभागिता अनिवार्य हुनुपर्छ कि वैकल्पिक बन्न सक्छ? निर्णयको घडी नजिकिँदै छ।

 

प्रतिकृया दिनुहोस्

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...

रवि–बालेन सहकार्य लामो समय टिक्ने छैन: कांग्रेसको ठहर

काठमाडौं, माघ २८ – नेपाली कांग्रेसले हालको राजनीतिक परिस्थितिलाई सामाजिक सञ्जालमा देखिएको चर्चा भन्दा फरक...

प्रचण्ड भन्छन्: निर्वाचन माहोल नेकपाको पक्षमा बढ्दैछ

पोखरा, २८ माघ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...