News Portal

  • काठमाडौं मेयर बालेन शाह गणतन्त्र दिवसको मूल समारोह समितिबाट हट्ने सम्भावना, प्रधानमन्त्री ओलीको कडा संकेत

    हिमालीसंचार संवाददाता
    ११२ पटक

    काठमाडौं, जेठ ५ – गणतन्त्र दिवस २०८२ को मूल समारोहको तयारीका लागि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले एक नयाँ मोड लिएको छ। बैठकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको पुनः अनुपस्थितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई असन्तुष्ट तुल्याएको छ। सोही कारणले उनलाई समितिबाट हटाउने संकेत प्रधानमन्त्रीले दिएका छन्।

    विश्वस्त स्रोतका अनुसार, प्रधानमन्त्री ओलीले मेयर शाहको नाम नलिए पनि काठमाडौं महानगर प्रमुखजस्तो महत्वपूर्ण पदमा बसेको व्यक्ति गणतन्त्र दिवसजस्तो राष्ट्रिय गौरवको कार्यक्रममा निरन्तर अनुपस्थित हुनु लज्जास्पद भएको प्रतिक्रिया दिएका छन्। स्रोतले भन्यो, “उहाँले स्पष्ट रूपमा भन्नुभयो—यदि सहभागी नहुने हो भने अबदेखि यस्ता समितिमा नराख्नू।”

    यो वर्ष मात्र होइन, अघिल्लो वर्षको गणतन्त्र दिवसमा पनि मेयर शाह अनुपस्थित नै थिए। यसपटक पनि बैठकमा नआएपछि उनकाे भूमिकामाथि गम्भीर प्रश्न उठेको छ। सम्भवतः अब मूल समारोह समितिमा महानगर प्रमुखको पदेन सदस्यता नै हटाइने प्रक्रियातर्फ सरकारले उन्मुख हुने संकेत देखिएको छ।

    बैठकले जेठ १४, १५ र १६ गते गणतन्त्र दिवसका सन्दर्भमा दीप प्रज्वलनसहित कार्यक्रमहरू सञ्चालन गर्न विभिन्न तहगत समिति तथा उपसमितिहरू गठन गर्ने निर्णयसमेत गरेको छ। त्यसैगरी, विदेशमा रहेका नेपाली दूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासहरूमा समेत कार्यक्रम सञ्चालन गरिनेछ।

    गणतन्त्र दिवसको मूल समारोह भने जेठ १५ गते सैनिक मञ्च टुँडिखेलमा हुने तय गरिएको छ, जहाँ प्रधानमन्त्री स्वयंको अध्यक्षतामा कार्यक्रम सञ्चालन हुनेछ।

    यस घटनाक्रमले राजधानीको नेतृत्वकर्तामाथि नयाँ बहस जन्माएको छ—के राष्ट्रिय जिम्मेवारीमा निर्वाचित पदाधिकारीहरूको सहभागिता अनिवार्य हुनुपर्छ कि वैकल्पिक बन्न सक्छ? निर्णयको घडी नजिकिँदै छ।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    पुलबाट हामफाल्न लागेका गोरखाका वृद्धलाई प्रहरीको सफल उद्धार

    चितवन, असार २० – चितवनको मुग्लिन र तनहुँको आँबुखैरेनी जोड्ने पुलमा शुक्रबार दिउँसो ज्यान दिन...

    रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेपछि ट्राफिक सई खड्का हेडक्वाटरमा तानिए

    काठमाडौं, असार २० – सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री...

    धरान श्रमदानमा बालिकामाथि यौन दुर्व्यवहार भएको आरोप, एक पक्राउ – घटना लुकाएको भन्दै स्थानीयले उठाए प्रश्न

    धरान, असार २०  — धरान–१६ मा श्रमदान अभियानकै बीच १२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार भएको...

    सशस्त्र प्रहरी र नेपाल प्रहरीले गरेको कमजोर सुरक्षा व्यवस्थाका कारण कुखुरा व्यवसाय पलायनको अवस्थामा

    रविन्द्र बराल/मोरङ, असार २० – मोरङको सीमावर्ती क्षेत्र चौप्राहा, धनपट्टी, आमगाछी, सिक्टी, बलडंगा, सोनापुर, मायागञ्ज,...

    भन्सार गेट नजिकै लागुऔषधसहित पाँच जना नियन्त्रणमा

    सुनसरी, असार २० — भारतबाट किनेर ल्याइँदै गरेको प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित पाँच जना धरान...