News Portal

लागू भयो कुवेतबाट बिदामा नेपाल फर्कनेहरुका लागि बाध्यतकारी नियम

हिमाली संचार संवाददाता
९६६ पटक

कुवेत : कुवेतबाट नेपाल बिदामा फर्कदा अनिवार्य रुपमा राजदूतावासको सिफारिस पत्र लिनुपर्ने नयाँ नियम आजबाट लागू भएको छ। नेपाल सरकारको गत कार्तिक २७ गतेको निर्णय अनुसार नेपालमा श्रम गर्दा अनिवार्य रुपमा दूतावासको सिफारिस पत्र माग भइआएको जनाउँदै नेपाली राजदूतावास कुवेतले यस्तो बाध्यतकारी नियम लागू गरेको हो।

कुवेतबाट बिदामा जान चाहाने जो कोही नेपालीले १५ दिन अगाडि नै दूतावास पुगेर सिफारिस पत्र लिनुपर्ने भएको छ। यो नियम लागू भएसँगै अब सिफारिस पत्र नलिई बिदामा नेपाल फर्किए सरकारले पुनः कुवेत फर्कन श्रम स्वीकृती नदिने दूतावासले जनाएको छ।

सिफारिस पत्र लिँदा एउटै कम्पनीमा काम गरी बिदा जानेलाई कम्पनी सेवा सुविधा सहितको सामान्य पत्र लेखिने छ भने कुवेत आई भिषा तथा कम्पनीले फेरबदल गरेकाहरुलाई विशेष पत्र लेख्नु पर्ने हुँदा बिदा जानु भन्दा १५ दिन पहिला दूतावासमा सम्पर्क गरि सक्नु पर्ने श्रमसहचारी ज्ञानेन्द्र शर्माले बताए।

उक्त सिफारिस पत्र लिँदा भिषा र कम्पनि पुरानै भएमा ४ केडी र नयाँ कम्पनी परिवर्तन गरेको भएमा १७ केडी शुल्क लाग्ने छ। यस्तो बाध्यतकारी नियमले गर्दा कुवेतमा कार्यरत नेपाली कामदारहरु गर या मरको स्थितिमा पुगेका छन्। यो नियमको सामाजिक संजालमा व्यापक बिरोध भैरहेको छ।

यो पनि पढनुहोस।
कुवेतबाट श्रमिकहरुले नेपाल छुट्टी जादा दूतावासको सिफ़ारिस अनिवार्य (श्रमिकहरुको प्रतिक्रिया हेर्नुहोस।) 

प्रतिकृया दिनुहोस्

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री बालेन्द्र शाहको छलफल

काठमाडौं, चैत १७ – प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरेका छन्।...

एमाले सचिवालय बैठक च्यासलमा जारी, ओली पक्राउपछि रणनीति बनाइँदै

काठमाडौं, चैत १७ – नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा जारी रहेको...

कानेपोखरीमा ६९औं राष्ट्रिय सहकारी दिवस मनाइने

मोरङ – यस वर्षको ६९औं राष्ट्रिय सहकारी दिवस मोरङको कानेपोखरी गाउँपालिकामा मनाइने भएको छ। कानेपोखरी–रमाइलो...

क्यासिनोमा नेपालीको अवैध प्रवेश बढ्दो, प्रशासन मौन ?

काठमाडौं  -नेपालको प्रचलित कानूनअनुसार नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गरी जुवा खेल्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको...