News Portal

धनकुटामा जीप दुर्घटना : आठ जना यात्रु घाइते, धरानमा उपचार जारी

हिमालीसंचार संवाददाता
३१७ पटक

धनकुटा, वैशाख २९ — साँगुरीगढी गाउँपालिका–३ को कुसेटारस्थित तमोर करिडोर सडक खण्डमा आइतबार राति भएको जीप दुर्घटनामा परी आठ जना यात्रु घाइते भएका छन्।

ताप्लेजुङबाट धनकुटातर्फ आउँदै गरेको मे १ ज २६५५ नम्बरको जीप साँझ करिब १० बजेतिर अनियन्त्रित भई सडकबाट करिब १० फिट तल खस्दा दुर्घटना भएको हो।

दुर्घटनामा चितवन भरतपुर–११ की ४५ वर्षीया नमकला फुयाल, ४७ वर्षीय जयेश्वर पोखरेल, ३८ वर्षीया इसु पँगेनी, २२ वर्षीया निकिता फुयाल, जयेश्वरका १६ वर्षीय छोरा शिरिष पोखरेल, ४६ वर्षीया सावित्री अधिकारी, ५२ वर्षीय दिपचन्द्र घिमिरे र ४५ वर्षीय नवराज फुयाल घाइते भएका छन्।

घटनापछि स्थानीयको सहयोगमा घाइतेहरूलाई तत्काल उद्धार गरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याइएको छ, जहाँ उनीहरूको उपचार जारी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारण अहिलेसम्म खुल्न सकेको छैन। तर, तीव्र गतिका कारण नियन्त्रण गुमिएर जीप कल्भर्टबाट खसेको प्रारम्भिक अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...