News Portal

भारत–पाकिस्तानबीच आज पुनः सैन्य वार्ता, संघर्षविराम कार्यान्वयन र रणनीतिक सहकार्यमा छलफल हुने

हिमालीसंचार संवाददाता
३८६ पटक

काठमाडौं, वैशाख २९ – चार दिनसम्म चर्किएको सैन्य तनावपछि भारत र पाकिस्तानका सेनाबीच आज सोमबार महत्त्वपूर्ण संवाद हुने पक्का भएको छ। दिउँसो १२ बजेका लागि तय गरिएको यो वार्तामा संघर्षविराम कार्यान्वयनका सर्तहरू र आगामी रणनीतिक सम्बन्धको स्पष्ट खाकाबारे गम्भीर छलफल हुने अपेक्षा गरिएको छ।

यो वार्ताले वैशाख १० गतेदेखि लागू गरिएको संघर्षविरामलाई थप मजबुत पार्ने विश्वास गरिएको छ। स्मरणीय छ, वैशाख १० गते साँझ ५ बजे भारत र पाकिस्तानबीच भएको आपसी सैन्य संवादपछि औपचारिक रूपमा संघर्षविराम घोषणा गरिएको थियो। तर पनि सीमामा केही दिन गोलीबारी र ड्रोन गतिविधिहरू जारी रहँदा वातावरण फेरि तनावपूर्ण बन्दै गएको थियो।

उक्त सैन्य तनावको मूल जड वैशाख १० गतेभन्दा केही अघिको अप्रिल २२ तारिखमा जम्मु–कश्मीरको पाहलगाममा भएको आतङ्ककारी हमला थियो, जहाँ एक नेपाली नागरिकसहित २६ जना पर्यटक मारिएका थिए। त्यसपछिको प्रतिक्रियामा भारतले पाकिस्तानको नियन्त्रण क्षेत्रमा रहेका नौवटा आतङ्ककारी शिविरहरूमा लक्षित आक्रमण गर्‍यो, जसलाई भारतीय सञ्चारमाध्यमहरूले ‘अपरेशन सिन्दूर’ नाम दिएका छन्।

भारतले आफ्नो कारबाहीमा १०० भन्दा बढी आतङ्ककारी मारिएको दाबी गरेको छ भने पाकिस्तानले भारतीय आक्रमणको भर्त्सना गर्दै संघर्षविरामका लागि पहल गरेको जनाएको छ। पाकिस्तानका महानिर्देशक (डीजीएमओ) ले भारतीय समकक्षीसँग सम्पर्क गर्दै संघर्षविरामको प्रस्ताव राखेपछि भारतले सशर्त रूपमा स्वीकार गरेको हो।

वार्ताको सन्दर्भमा भारतले स्पष्ट रूपमा यो संवाद द्विपक्षीय सैन्य प्रकृयाअन्तर्गत भइरहेको जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यस्थता गरेको दाबी गर्दै आए पनि भारतले उक्त कुरालाई अस्वीकार गर्दै स्वतन्त्र ढंगले वार्ता अघि बढाइएको बताएको छ।

संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय समुदायले यो तनाव न्यूनीकरण भएको घटनालाई स्वागत गर्दै भारत र पाकिस्तानबीच दीर्घकालीन स्थायित्व र शान्तिका लागि वार्ता निरन्तर रहिरहुनुपर्ने सन्देश दिएका छन्।

आजको वार्ताले दुबै राष्ट्रबीच विश्वासको वातावारण बनाउन र सीमावर्ती क्षेत्रमा हुने हिंसात्मक गतिविधिलाई न्यूनिकरण गर्न सघाउ पुर्याउने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...