News Portal

एक आमाको संघर्ष: श्रीमान् असक्त, जिम्मेवारी भारी

रबिन्द्र बराल
४१० पटक

मोरङ, वैशाख २२ – सुनवर्सी नगरपालिका–५ स्थित गुहासमा बसोबास गर्दै आएका राजकुमार ऋषिदेव र जुगनी देवी ऋषिदेव गरिबीका कारण छोराछोरीलाई पठनपाठन गराउन समस्यामा परेका छन्।

राजकुमार विगत केही वर्षदेखि सुस्त मानसिक अवस्थाका छन् र अब जनमजदुरी गर्न समेत जान सक्दैनन्। श्रीमती जुगनी देवी मात्रै मजदुरी गरेर आफ्ना आमा, बुबा, श्रीमान्‌सहित तीन जना छोराछोरीको पालनपोषण गर्नुपर्ने बाध्यता छ।

हाल दुई छोरी र एक छोरा नजिकैको विद्यालयमा अध्ययनरत छन्। जेठी छोरी अर्चना ऋषिदेव स्थानीय गुलेश्वरी प्राथमिक विद्यालयबाट यस वर्ष कक्षा ५ पास गरेर कक्षा ६ मा भर्ना हुन लागेकी छिन्। तर, कक्षा ६ अध्ययनका लागि घरबाट करिब ३ किलोमिटर टाढा रहेको आदर्श माध्यमिक विद्यालय जान आउन ढिलो हुने भएकाले उनले घरमै साइकल किनिदिन अनुरोध गरेकी छिन्।

तर घरको कमजोर आर्थिक अवस्थाले गर्दा छोरीको त्यो सानो इच्छा पूरा गर्न सक्ने अवस्था नभएपछि अर्चनाले विद्यालय नजाने बताएकी छिन्।

आमा जुगनी देवी भन्छिन्, “अबको समयमा छोराछोरीलाई अलिकति भए पनि पढाएनौं भने भविष्यमा छोरीको विवाहमा समेत समस्या हुन सक्छ। त्यसैले पढाउने सोच त छ, तर अहिले त खानका लागि पनि दुई छाक टार्न गाह्रो भइसकेको छ। घर पनि चारैतिरबाट भत्किएको अवस्थामा छ। लुगा, कापी–कलम किन्न समेत पैसा छैन।”

प्रतिकृया दिनुहोस्

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...