News Portal

अदालतको आदेश : दुर्गा प्रसाईंलाई छुट नदिइने, उपचारको व्यवस्था मिलाउन निर्देशन

संगीता गुरुङ
३०१ पटक

काठमाडौं, वैशाख २१ – राजसंस्था पुनः स्थापनाको माग गर्दै सञ्चालनमा आएको संयुक्त जनआन्दोलन समितिका अगुवा तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न नपाइने अदालतले निर्णय सुनाएको छ। तर, उनको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै आवश्यक उपचारको व्यवस्था गर्न भने आदेश दिइएको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले आइतबार प्रसाईंसहित २५ जनालाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो। सोही क्रममा अदालतले प्रसाईंको उपचारका लागि उचित प्रबन्ध मिलाउन पनि निर्देशन दिएको छ।

प्रसाईंले इजलास समक्ष आफू क्यान्सरको बिरामी भएको र नियमित उपचार आवश्यक रहेको बताएका थिए। यसअघि पनि उनले त्यही कारण देखाउँदै साधारण तारेखमा छोड्न आग्रह गरेका थिए। तर, अदालतले उनको माग अस्वीकार गर्दै भनेको छ, “प्रसाईंविरुद्धको मुद्दा अझै अनुसन्धानकै क्रममा रहेकोले रिहा गर्न सकिने अवस्था छैन।”

अदालतको आदेशमा भनिएको छ, “प्रतिवादी प्रसाईंको ज्यानसम्बन्धी कसुरमा बयान गराउने प्रक्रिया बाँकी रहेकाले साधारण तारेख वा हाजिर जमानीमा छाड्न मिल्दैन। तर, स्वास्थ्य उपचार भने व्यवस्थित गर्नू।”

चैत १५ गते काठमाडौंको तीनकुनेमा राजसंस्था पुनःस्थापनाको माग गर्दै आयोजना गरिएको प्रदर्शन हिंसात्मक बनेपछि सुरक्षाकर्मीमाथि आक्रमण तथा अराजकता सृजना गरिएको आरोपमा प्रसाईंसहित अन्य नेता कार्यकर्तामाथि अनुसन्धान थालिएको हो। घटनापछि फरार रहेका प्रसाईं भारतको असमसम्म पुगेका थिए। त्यहाँबाट पक्राउ गरी चैत २९ गते नेपाल फर्काइएको थियो।

उनका अंगरक्षक दीपक खड्कासमेत प्रहरीले सँगै पक्राउ गरेको थियो। प्रसाईंमाथि राज्यविरुद्धको गतिविधि, संगठित अपराध तथा ज्यान मार्ने उद्योगजस्ता गम्भीर आरोपमा अनुसन्धान भइरहेको छ।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...