News Portal

आदर्श विद्यालयको घरदैलो भर्ना अभियान सुरु

रबिन्द्र बराल
२५५ पटक

मोरङ, वैशाख २१ – रंगेली नगरपालिका–७ स्थित श्री आदर्श माध्यमिक विद्यालयले बैशाख २१ गतेदेखि भर्ना अभियान सञ्चालन गरेको छ। “सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षाको सुनिश्चितता” भन्ने मूल नाराका साथ विद्यालयले घरदैलो अभियान सुरु गरेको हो।

विद्यालयले बालवर्गदेखि कक्षा ९ सम्मको भर्ना सुरु गरेको जनाएको छ।

शिक्षकहरूको २९ दिन लामो आन्दोलन पछि सरकारले सहमति गरेपछि विद्यालय फर्किएका शिक्षकहरू अहिले गाउँघरमा पुगेर विद्यार्थी भर्ना अभियानलाई निरन्तरता दिइरहेका छन्।

विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष, सदस्यहरू, शिक्षक-शिक्षिका तथा कर्मचारीहरूले घरघरमा पुगेर विद्यालय जाने र नगएका ४ वर्ष उमेरदेखि माथिका बालबालिका तथा अभिभावकहरूलाई विद्यालय पठाउन सम्झाइबुझाइ गरिरहेका छन्।

सरकारले कुनै पनि बालबालिका विद्यालय जानबाट वञ्चित नहोस् भन्नका लागि विभिन्न अभियान सञ्चालन गरे पनि यस क्षेत्रका धेरै बालबालिका गरिबीको कारण विद्यालय जान नसकेको देखिएको छ।

बर्षेनि शिक्षामा करोडौँ रुपैयाँ खर्च हुँदाहुँदै पनि त्यसको सन्तोषजनक उपलब्धि नदेखिँदा त्यो प्रयास ‘बालुवामा पानी खन्याए’ सरह भएको आलोचना हुने गरेको छ।

वि.सं. २०४१ सालमा स्थापना भएको आदर्श माध्यमिक विद्यालयमा हाल करिब १०० जना विद्यार्थी अध्यनरत रहेको विद्यालयका प्रधानाध्यापक विश्वशेर सिंह मेवाहाङ्गले जानकारी दिए।

उनका अनुसार शिक्षक आन्दोलनको समयमा विद्यार्थीहरूले पढ्न नपाएकाले बर्खे बिदाबाट कटौती गरेर कक्षा सञ्चालन गर्ने तयारी गरिएको छ।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...