News Portal

त्रिशूली सामुदायिक बोर्डिङ स्कुलमा राष्ट्रिय महिला फुटबल टोलीको सहभागितासहित पुरस्कार वितरण समारोह सम्पन्न

समिर कुमार अधिकारी (द्रुपद)
१६६० पटक

त्रिशूली, वैशाख १९ — त्रिशूली सामुदायिक बोर्डिङ स्कुलले शुक्रबार एक भव्य पुरस्कार वितरण समारोहको आयोजना गर्दै कक्षा Nursery देखि कक्षा १० सम्मका उत्कृष्ट विद्यार्थीहरूलाई सम्मानित गरेको छ।

समारोहको विशेष आकर्षणको रूपमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीको उपस्थितिले कार्यक्रमलाई प्रेरणादायी बनाएको थियो। टोलीकी कप्तान अनिता बस्नेत, प्रशिक्षक जिवेश पाण्डे र अन्य खेलाडीहरूको सहभागिताले विद्यालय प्राङ्गणमा उत्साह र राष्ट्रिय गौरवको माहोल सिर्जना गर्यो।

शैक्षिक उत्कृष्टता प्रदर्शन गर्ने विद्यार्थीहरूलाई प्रथम, द्वितीय र तृतीय स्थान अनुसार राष्ट्रिय खेलाडीहरूको हातबाट प्रमाणपत्र तथा पुरस्कार प्रदान गरिएको थियो। सो अवसरमा विद्यालयले विद्यार्थीहरूको विविध सांस्कृतिक प्रस्तुति पनि प्रस्तुत गरेको थियो, जसले उपस्थित अभिभावक र अतिथिहरूको मन जित्यो।

समारोहकै क्रममा विद्यालयको नयाँ व्यवस्थापन समिति घोषणा गरिएको छ। जसअनुसार जितेन्द्र राजभण्डारी अध्यक्ष, कुमार मान मलेखु श्रेष्ठ उपाध्यक्ष, सचिव (प्रधानाध्यापक) सुमन कुमार कर्ण , सुनील बज्राचार्य कोषाध्यक्ष र दिलीप शाक्य, राजकुमार तामाङ, पूर्णलाल श्रेष्ठ, नरेन्द्र अमात्य, विभूति कुमार झा, भीमसेन तामाङ तथा धनराज तामाङ सदस्यमा चयन भएका छन्। निवर्तमान अध्यक्ष विजय श्रेष्ठ सल्लाहकारको रूपमा रहनेछन्।

कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक, शेयर सदस्य, स्थानीय सामाजिक व्यक्तित्वहरू तथा प्रहरी नायब उपरीक्षक राम कुमार खइजुको गरिमामय उपस्थिति रहेको थियो।

विद्यालय प्रशासनका अनुसार, यस प्रकारका कार्यक्रमले विद्यार्थीहरूलाई अतिरिक्त गतिविधिमा प्रेरित गर्नुका साथै उनीहरूमा राष्ट्रिय स्तरको अभिमान र जोश उत्पन्न गर्ने विश्वास व्यक्त गरिएको छ।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...