News Portal

नेपाल विद्युत प्राधिकरण आज श्वेतपत्र सार्वजनिक गर्दै, घाटा र बक्यौता प्रमुख सरोकार

संगीता गुरुङ
२२८ पटक

काठमाडौं, वैशाख १९ – नेपाल विद्युत प्राधिकरणले आज दिउँसो २ बजे एक महत्वपूर्ण दस्तावेज – श्वेतपत्र – सार्वजनिक गर्ने तयारी गरेको छ। प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको उपस्थितिमा उक्त श्वेतपत्र सार्वजनिक गरिँदैछ।

यसअघि वैशाख १६ गते नै सार्वजनिक गर्ने भनिएको श्वेतपत्र अन्तिम समयमा स्थगन गरिएको थियो। आज सार्वजनिक हुने श्वेतपत्रमा प्राधिकरणको हालको आर्थिक अवस्था, सञ्चित घाटा, र तिर्न बाँकी बक्यौताको विवरण समेटिएको बताइएको छ।

सूत्रका अनुसार प्राधिकरणले लामो समयदेखि घाटामा कारोबार गर्दै आएको र उल्लेख्य मात्रामा बक्यौता अझै असुल हुन बाँकी रहेको उल्लेख हुनेछ।

यता, अघिल्ला कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकालमा भने प्राधिकरणले उल्लेखनीय मुनाफा कमाएको र ऊर्जा क्षेत्रमा ठोस सुधार ल्याएको दाबी गरिँदै आएको थियो। घिसिङ समर्थकहरू हालको व्यवस्थापनले जानाजान घाटाको चित्रण गरेर अघिल्लो नेतृत्वलाई कमजोर देखाउन खोजेको आरोप लगाउँदै आएका छन्।

श्वेतपत्रमार्फत प्राधिकरणको वित्तीय पृष्ठभूमि मात्र होइन, भावी योजनाहरूबारे समेत केही खुलाईने अनुमान गरिएको छ। आजको सार्वजनिक कार्यक्रमपछि प्राधिकरणको आर्थिक यथार्थ कति स्पष्ट हुन्छ भन्नेमा सरोकारवालाहरूको चासो बढेको छ।

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...