News Portal

  • नेपाल विद्युत प्राधिकरण आज श्वेतपत्र सार्वजनिक गर्दै, घाटा र बक्यौता प्रमुख सरोकार

    संगीता गुरुङ
    १७१ पटक

    काठमाडौं, वैशाख १९ – नेपाल विद्युत प्राधिकरणले आज दिउँसो २ बजे एक महत्वपूर्ण दस्तावेज – श्वेतपत्र – सार्वजनिक गर्ने तयारी गरेको छ। प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको उपस्थितिमा उक्त श्वेतपत्र सार्वजनिक गरिँदैछ।

    यसअघि वैशाख १६ गते नै सार्वजनिक गर्ने भनिएको श्वेतपत्र अन्तिम समयमा स्थगन गरिएको थियो। आज सार्वजनिक हुने श्वेतपत्रमा प्राधिकरणको हालको आर्थिक अवस्था, सञ्चित घाटा, र तिर्न बाँकी बक्यौताको विवरण समेटिएको बताइएको छ।

    सूत्रका अनुसार प्राधिकरणले लामो समयदेखि घाटामा कारोबार गर्दै आएको र उल्लेख्य मात्रामा बक्यौता अझै असुल हुन बाँकी रहेको उल्लेख हुनेछ।

    यता, अघिल्ला कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकालमा भने प्राधिकरणले उल्लेखनीय मुनाफा कमाएको र ऊर्जा क्षेत्रमा ठोस सुधार ल्याएको दाबी गरिँदै आएको थियो। घिसिङ समर्थकहरू हालको व्यवस्थापनले जानाजान घाटाको चित्रण गरेर अघिल्लो नेतृत्वलाई कमजोर देखाउन खोजेको आरोप लगाउँदै आएका छन्।

    श्वेतपत्रमार्फत प्राधिकरणको वित्तीय पृष्ठभूमि मात्र होइन, भावी योजनाहरूबारे समेत केही खुलाईने अनुमान गरिएको छ। आजको सार्वजनिक कार्यक्रमपछि प्राधिकरणको आर्थिक यथार्थ कति स्पष्ट हुन्छ भन्नेमा सरोकारवालाहरूको चासो बढेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २९ गतेको राशिफल

    आज कार्तिक २९, २०८२ (नोभेम्बर १५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    ग्याङको राजमा हाइटी: नेपालले नदेखेको सम्भावित खतरा

    कुवेत धिरेन्द्र राज सुवेदी – क्यारेबियन सागरको सुन्दर द्वीप राष्ट्र हाइटी आज विश्वको सबैभन्दा असुरक्षित...

    सन्तोष परियार नयाँ शक्ति र प्रगतिशील अभियानमा समाहित, ७ मंसिरमा बृहत् एकता घोषणा

    काठमाडौं, कार्तिक २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका सन्तोष परियार डा. बाबुराम भट्टराई नेतृत्वको...

    प्रधानमन्त्रीसहित ७ मन्त्रीले बुझाए विवरण, ३ मन्त्रीले अझै बुझाएका छैनन्

    काठमाडौं, कार्तिक २८  – प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको १० सदस्यीय मन्त्रिपरिषद्का सात जना मन्त्रीले आफ्नो...

    सीआईबी भन्दै रकम ट्रान्सफर गराउने दुई जना पक्राउ

    काठमाडौं, कार्तिक २८ – काठमाडौंमा आफूहरूलाई सीआईबीका अधिकारी भनेर चिनाउँदै ठगी गर्ने दुई जना पक्राउ...