News Portal

रंगेलीमा भएको आगलागी पीडितलाई सद्भावको सहयोग

रबिन्द्र बराल
१७१ पटक

मोरङ, वैशाख १७ – रंगेली नगरपालिका–८ दर्वेशामा रहेको बिनोद पासवान र अमोद पासवानको घरमा आगलागी हुँदा खाद्यान्न तथा लत्ताकपडा जलेर नष्ट भएका छन्। आगलागीपछि दुई पीडित परिवारलाई रंगेलीस्थित सद्भाव बचत तथा ऋण सहकारी संस्थाले खाद्यान्न सहयोग गरेको छ।

टिनको छानो र बाँसको टाटिबेरा भएको दुई वटा भुईं तल्ले घरमा विद्युत सर्ट भई आगलागी भएको थियो। आगलागीपछि उनीहरू हाल अर्काको घरमा शरण लिन बाध्य छन्।

सामाजिक कार्यलाई निरन्तरता दिँदै सद्भाव बचत तथा ऋण सहकारी संस्थाले चामल, दाल, तेल, नुन लगायतका खाद्य सामग्री पीडित परिवारलाई वितरण गरेको छ।

आगलागीबाट खाद्यान्न, लत्ताकपडा, नगद, खसी, बाख्रा लगायत गरी दुई परिवारको करिब ६ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

प्रतिकृया दिनुहोस्

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...