News Portal

घाइते अवस्थामा समेत शिक्षकहरू सडकमा : महासङ्घले आन्दोलन थप चर्काउने

संगीता गुरुङ
२०६ पटक

काठमाडौं, वैशाख १५ — विद्यालय शिक्षा ऐन तत्काल ल्याउनुपर्ने माग गर्दै देशभरका शिक्षक र विद्यालय कर्मचारीहरू २७ दिनदेखि निरन्तर सडक संघर्षमा उत्रिएका छन्। नेपाल शिक्षक महासङ्घको आह्वानमा हजारौँको संख्यामा शिक्षक तथा कर्मचारीहरू काठमाडौंका सडकमा आवाज उठाइरहेका छन्।

आन्दोलनको २६ औँ दिन आइतबार भएको प्रहरी हस्तक्षेपपछि आन्दोलन थप तातेको छ। प्रहरीसँगको झडपमा परी ६२ जना शिक्षक तथा कर्मचारी घाइते भएका छन्, जसमा एक दर्जनभन्दा बढीको अवस्था गम्भीर छ। यति हुँदाहुँदै पनि घाइते शिक्षकहरू उपचार सकेर मलमपट्टी बाँधेरै आन्दोलनमा उत्रिएका छन्। सामान्य चोटपटक लागेकाहरूले समेत सडकमा आफनो उपस्थिति जनाइरहेका छन्।

महासङ्घले प्रहरी दमनको कडा शब्दमा निन्दा गर्दै आन्दोलन अझ सशक्त बनाउने निर्णय गरेको छ। आन्दोलनलाई थप उर्जा दिन घरमै रहेका शिक्षकहरूलाई समेत काठमाडौं उपस्थित भई आन्दोलनमा जोडिन अपिल गरिएको छ।

“साथीहरूको रगत सडकमा बगिसक्दा पनि मौन बस्ने बेला होइन, निर्णायक लडाइँको घडी आइसकेको छ,” महासङ्घले भनेको छ। महासङ्घले सम्पूर्ण शिक्षक समुदायलाई ऐक्यबद्ध भई आन्दोलनलाई सफलता दिलाउन आह्वान गरेको छ।

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...