News Portal

रंगेलीमा आगलागी हुँदा ६ लाख बराबरको क्षति

रबिन्द्र बराल
२४८ पटक

मोरङ, वैशाख १५ – रंगेली-८ दर्वेशामा रहेको विनोद पासवान र अमोद पासवानको घरमा गएराति ११:३० बजे आगलागी हुँदा दुईवटा घर जलेर नष्ट भएको छ। टिनको छानो र बाँसको टाटीबेरा रहेको भुइँतल्लाको ती दुई घरमा विद्युत सर्ट भएर आगलागी भएको प्रहरीको भनाइ छ।

आगो नियन्त्रणका लागि नेपाल प्रहरी, रंगेली नगरपालिकाको दमकल, कानेपोखरीको दमकल तथा स्थानीय बासिन्दाको सहयोगमा आगो पूर्ण रूपमा नियन्त्रणमा लिएको प्रहरीको जानकारी छ।

ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक सन्तोष कुमार खड्काका अनुसार खाद्यान्न, लत्ताकपडा, नगद, खसी, बाख्रा लगायत गरी करिब ६ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...