News Portal

खराब मौसमका कारण आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई सेवा अस्तव्यस्त

संगीता गुरुङ
२३७ पटक

काठमाडौं, वैशाख १४ – देशभरको मौसममा आएको खराबीका कारण राजधानीस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालन हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडानहरू प्रभावित भएका छन्। आइतबार दिउँसोदेखि लगातार बिग्रिएको मौसमका कारण यात्रुहरूलाई गन्तव्यमा पुग्न समस्या भएको छ।

विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले मौसम अनुकूल नभएकाले उडानहरू ढिलो भइरहेको जानकारी दिनुभयो। मौसम प्रतिकूलताका कारण विराटनगर, पोखरा, भैरहवा लगायतका विभिन्न गन्तव्यतर्फका आन्तरिक उडानहरू मात्र होइन, भारतको दिल्ली उडान समेत प्रभावित भएको छ। नेपाल एयरलाइन्सको काठमाडौं–दिल्ली उडान एक घण्टा ढिलो भएको जनाइएको छ।

विराटनगर उडानका लागि दिउँसो तीन बजेदेखि विमानस्थलमा उपस्थित पत्रकार विवेक गौतमले अहिलेसम्म उडान सञ्चालन नभएको गुनासो गर्नुभएको छ। विमानस्थलमा सयौँ यात्रुहरू उडानको प्रतीक्षामा अलपत्र परेका छन्। लगातार बढ्दो भीड र उडान अवरोधले विमानस्थलको चाप व्यवस्थापनमा समेत चुनौती थपिएको देखिन्छ।

प्रतिकृया दिनुहोस्

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...