News Portal

गभर्नर नियुक्ति विवाद : सर्वोच्चमा सुनुवाइ फेरि सारियो

संगीता गुरुङ
१५६ पटक

काठमाडौं, वैशाख १४ – गभर्नर नियुक्तिका सम्बन्धमा दायर रिट तथा पूरक निवेदनमा आज पनि सर्वोच्च अदालतले सुनुवाइ गर्न सकेन। न्यायाधीश हरिप्रसाद फुयाल र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासमा आजका लागि पेसी तोकिए पनि मुद्दा हेर्न नसकिएको हो।

यसअघि वैशाख ७, ८, ९ र १० गते पनि सुनुवाइ हुन नसकेको थियो। अधिवक्ताद्वय विशाल थापा र प्रतिभा उप्रेतीले ६५ वर्षभन्दा माथिका व्यक्तिलाई गभर्नर बनाउन सकिने संशोधित मापदण्ड कार्यान्वयन नगर्न माग गर्दै रिट दर्ता गराएका थिए।

सर्वोच्चले वैशाख २ गते अल्पकालीन अन्तरिम आदेश जारी गर्दै नियुक्ति सम्बन्धी मापदण्ड २०७३ को दफा ३(ग) मा भएको संशोधन कार्यान्वयन रोक्न निर्देशन दिएको थियो। सोही आदेशपछि दुवै पक्षलाई छलफलका लागि अदालतले बोलाए पनि लगातार सुनुवाइ टुंगो लाग्न सकेको छैन।

यसैक्रममा, अधिवक्ताद्वयले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर बनाउन लागिएको भन्दै वैशाख ५ गते पूरक निवेदनसमेत पेश गरेका छन्। तर पाँचौं पटक पनि मुद्दा अगाडि नबढ्दा विवाद अझै अड्किएको देखिन्छ।

प्रतिकृया दिनुहोस्

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...