News Portal

गभर्नर नियुक्ति विवाद : सर्वोच्चमा सुनुवाइ फेरि सारियो

संगीता गुरुङ
२१३ पटक

काठमाडौं, वैशाख १४ – गभर्नर नियुक्तिका सम्बन्धमा दायर रिट तथा पूरक निवेदनमा आज पनि सर्वोच्च अदालतले सुनुवाइ गर्न सकेन। न्यायाधीश हरिप्रसाद फुयाल र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासमा आजका लागि पेसी तोकिए पनि मुद्दा हेर्न नसकिएको हो।

यसअघि वैशाख ७, ८, ९ र १० गते पनि सुनुवाइ हुन नसकेको थियो। अधिवक्ताद्वय विशाल थापा र प्रतिभा उप्रेतीले ६५ वर्षभन्दा माथिका व्यक्तिलाई गभर्नर बनाउन सकिने संशोधित मापदण्ड कार्यान्वयन नगर्न माग गर्दै रिट दर्ता गराएका थिए।

सर्वोच्चले वैशाख २ गते अल्पकालीन अन्तरिम आदेश जारी गर्दै नियुक्ति सम्बन्धी मापदण्ड २०७३ को दफा ३(ग) मा भएको संशोधन कार्यान्वयन रोक्न निर्देशन दिएको थियो। सोही आदेशपछि दुवै पक्षलाई छलफलका लागि अदालतले बोलाए पनि लगातार सुनुवाइ टुंगो लाग्न सकेको छैन।

यसैक्रममा, अधिवक्ताद्वयले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर बनाउन लागिएको भन्दै वैशाख ५ गते पूरक निवेदनसमेत पेश गरेका छन्। तर पाँचौं पटक पनि मुद्दा अगाडि नबढ्दा विवाद अझै अड्किएको देखिन्छ।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...