News Portal

जनकपुर विषकाण्ड: तीन सन्तानपछि आमाको पनि निधन, शिशुको अवस्था सुधारोन्मुख

संगीता गुरुङ
२५४ पटक

जनकपुरधाम, वैशाख १२ – धनुषाको शहिदनगर–५ बस्ने पविता कुमारी साहको जनकपुरधामस्थित राम जानकी अस्पतालमा उपचारका क्रममा निधन भएको छ। आफ्ना तीन सन्तानसहित विष सेवन गरेकी ३० वर्षीया पविता सोमबारदेखि गम्भीर अवस्थामा थिइन्।

पविताको आज बिहान पौने १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी वरुणबहादुर सिंहले जानकारी दिए। सोमबार बिहानै घरभित्र बेहोश अवस्थामा फेला परेकी उनी र उनका सन्तानहरूलाई तत्कालै जनकपुरस्थित प्रादेशिक अस्पताल लगिएको थियो।

तर, अस्पतालले उनका तीन सन्तान – ६ वर्षीय छोरा आदित्य, ४ वर्षीया छोरी आकृति र २ वर्षीया छोरी आरुसीलाई मृत घोषित गरेको थियो। गम्भीर अवस्थामा रहेकी पवितालाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। उनी गर्भवती थिइन्।

प्रादेशिक अस्पतालमा उपचार सम्भव नदेखिएपछि उनलाई राम जानकी अस्पतालमा सारिएको थियो। त्यहाँ शल्यक्रिया गरेर गर्भमा रहेको शिशु निकालिएको हो। चिकित्सकहरूका अनुसार शिशुको अवस्था हाल सुधारोन्मुख छ।

शल्यक्रिया गर्ने बेलासम्म पनि पविताको परिवारबाट कोही अस्पतालमा पुगेका थिएनन्। अन्ततः छिमेकीहरूले मन्जुरीनामा हस्ताक्षर गरेर शल्यक्रियाको प्रक्रिया अघि बढाएका थिए। पविताका श्रीमान् सुशील साह, जो राइस मिल सञ्चालन गर्नुका साथै ट्याक्टर चालकसमेत हुन्, अस्पतालमा नदेखिएको प्रहरीले जनाएको छ। उनका बुवा नारायण साह स्थानीय वडा सदस्य हुन्।

प्रहरी अनुसन्धानमा प्रारम्भिक रूपमा घरायसी झगडाकै कारण पविताले सन्तानलाई विष खुवाएर आफैंले पनि सेवन गरेको हुन सक्ने अनुमान गरिएको छ। तर, यो घटना एक पक्षीय मात्रै नभई शंकास्पद देखिएको भन्दै माइती पक्षले पविता लामो समयदेखि शारीरिक र मानसिक यातनामा परेको आरोप लगाएका छन्।

पविताको उपचारका क्रममा परिवारको भूमिकाविहीनता, अस्पतालसम्म नआएको व्यवहार र घटनाको शैलीलाई मध्यनजर गर्दै प्रहरीले थप अनुसन्धान जारी राखेको छ।

प्रतिकृया दिनुहोस्

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...

सन्सारीमाई मन्दिरमा पर्यटन मन्त्री पराजुलीको निरीक्षण, साता दिनभित्र शौचालय सञ्चालनको निर्देशन

मोरङ– मोरङको सन्सारीमाई मन्दिरमा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुलीले शनिबार बिहान...

आदर्श मावि रंगेलीको ४१औँ उत्सवमा हिमाली संचारका पत्रकार बराल सम्मानित

रंगेली– मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो ४१औँ वार्षिक उत्सव तथा...

धुवाँभित्र देखिएको अनुहार

ठमेल – काठमाडौँको ठमेलस्थित एक डान्स क्लबमा शुक्रबार राति भएको रङ्गीन माहोलभित्र एउटा भावुक क्षणले...

माधे सङ्क्रान्तिका लागि चिउरा कुटाउनेको घुइँचो

रबिन्द्र बराल मोरङ– मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रका कुटानी–पिसानी मिलहरूमा यतिबेला चिउरा कुटाउने सर्वसाधारणको घुइँचो...