News Portal

ट्राफिक प्रहरीको कुटपिटको अर्को भिडियो पनि सार्वजनिक, अनुसन्धानमा प्रहरी प्रशासन

संगीता गुरुङ
३५५ पटक

काठमाडौं, वैशाख १२ – राजधानी काठमाडौंमा ट्राफिक प्रहरीको आक्रोशपूर्ण व्यवहारसम्बन्धी अर्को भिडियो सार्वजनिक भएको छ। पछिल्लो पटक सार्वजनिक भएको भिडियोमा एक युवकलाई लखेटी कुटपिट गरिरहेको दृश्य प्रष्ट देख्न सकिन्छ।

भिडियोमा देखिएअनुसार युवकले आफूले के गल्ती गर्‍यो भन्ने प्रश्न गरिरहँदा, ट्राफिक प्रहरीले “किन भागिस?” भन्दै शारीरिक दुर्व्यवहार गरिरहेको देखिन्छ। घटनास्थल र समय खुल्न बाँकी रहे पनि भिडियो सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिरहेको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी विनोद घिमिरेले यस घटनाबारे अनुसन्धान थालिएको जानकारी दिएका छन्। “भिडियो कहाँको र कहिलेको हो भनेर बुझ्न निर्देशन दिइसकेको छु,” घिमिरेले हिमाली सञ्चार टिमसँगको कुराकानीमा बताए।

यसअघि पनि बिहीबार मात्रै सुन्धारास्थित सडकमा ट्राफिक प्रहरीले एक युवकलाई कुटपिट गरेको भिडियो भाइरल भएको थियो। सो घटनाको पुष्टि भएसँगै चार जना प्रहरीलाई जनसेवा प्रहरी वृत्तबाट हटाएर छानबिन सुरू गरिएको थियो। उक्त घटना मंसिर २३ गते भएको पुष्टि भइसकेको छ।

सामाजिक सञ्जालमा प्रहरीको यो व्यवहारलाई लिएर चर्को आलोचना भइरहेको छ। निरन्तर यस प्रकारका भिडियोहरू सार्वजनिक हुनुले ट्राफिक प्रहरीको आचरणमाथि गम्भीर प्रश्न उठाएको छ। यस विषयमा प्रहरी प्रशासनले निष्पक्ष अनुसन्धान र आवश्यक कारबाही गर्ने अपेक्षा गरिएको छ।

 

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...