News Portal

बुढीगंगा नदीमा हामफालेका एक युवाको ज्यान गयो, दुई जना घाइते

संगीता गुरुङ
१८१ पटक

कैलाली, वैशाख १२ – बाजुराको बुढीगंगा नदीमा एकैपटक हामफालेका तीन जना व्यक्तिमध्ये एक जनाको ज्यान गएको छ भने दुई जना घाइते अवस्थामा उद्धार गरिएको छ।

स्थानीय त्रिवेणीधाममा पितृकार्यका लागि पुगेका खप्तड छेडेदह गाउँपालिका–५ डोगडी निवासी २६ वर्षीय गणेश नेपालीको नदीमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक दिलीप कुमार गिरीले जानकारी दिनुभयो।

गणेश नेपालीसँगै रहेका त्रिवेणी नगरपालिका–८ की ३२ वर्षीया अञ्जली नेपाली र २७ वर्षीय दीपक नेपाली पनि नदीमा हामफालेका थिए। ‘देउता आयो’ भन्दै तीनै जना एकसाथ नदीमा हामफालेको बताइएको छ।

घटनामा गणेशको घटनास्थलमै मृत्यु भएको छ भने अञ्जली र दीपक घाइते भएका छन्। घाइतेहरूको हाल अछामस्थित बयालपाटा अस्पतालमा उपचार भइरहेको छ।

स्थानीय धार्मिक आस्थाले प्रेरित भएर नदीमा हामफालिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ। घटनाको विस्तृत विवरण र कारणबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...