News Portal

एमसीसी बन्द गर्ने तयारीमा अमेरिका: डजले सुरु गर्‍यो कर्मचारी कटौती

हिमालीसंचार संवाददाता
१८४ पटक

वासिङ्टन डीसी, वैशाख ११ – एलन मस्कको नेतृत्वमा रहेको ट्रम्प प्रशासन अन्तर्गतको सरकारी खर्च कटौती विभाग ‘डज’ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बन्द गर्ने तयारी थालेको छ।

संघीय सरकारको खर्च घटाउने अभियानको हिस्सास्वरूप विकासशील राष्ट्रहरूलाई आर्थिक सहायता दिने एमसीसीलाई पूर्ण रूपमा बन्द गर्न लागिएको हो। डजले हालै कर्मचारीहरूलाई पठाएको इमेलमा कार्यक्रम र जनशक्तिमा ठूला कटौती हुने स्पष्ट रूपमा उल्लेख गरिएको छ।

एक स्रोतका अनुसार डजका अधिकारीहरू एमसीसीमा कार्यभार सम्हालेको एक हप्ता नपुग्दै यस्तो सूचना पठाइएको हो। मे ५ भित्र अधिकांश कर्मचारीलाई प्रशासनिक बिदामा पठाउने तयारी भइरहेको जनाइएको छ।

कानुन अनुसार एजेन्सीमा कार्यकारी सीईओ चाहिने भएकाले उनलाई मात्र राखेर बाँकी सबै कर्मचारी हटाउने योजना बनाइएको छ।

डजले यसअघि पनि अमेरिकी विदेशी सहायता कार्यक्रमहरूमा ठूला कटौती गर्दै आएको थियो। यूएसएड बन्द गर्ने प्रक्रिया अघि बढाइसकेपछि शान्तिका लागि काम गर्ने संस्था र अफ्रिकी विकास फाउन्डेशन पनि बन्द गरिएका छन्। यस्ता निर्णयहरूमाथि कानुनी चुनौतीसमेत देखा परिरहेका छन्।

सन् २००४ मा अमेरिकी कंग्रेसद्वारा स्थापना गरिएको एमसीसीले नेपाल, युक्रेन, एल साल्भाडोरलगायत दर्जनौँ विकासशील राष्ट्रलाई पूर्वाधार निर्माण र नीतिगत सुधारका लागि सहयोग गर्दै आएको छ।

चीनको बेल्ट एन्ड रोड इनिसिएटिभको विकल्पका रूपमा अमेरिकाले एमसीसी ल्याएको विश्लेषकहरूको बुझाइ छ।

 

प्रतिकृया दिनुहोस्

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...

आज २०८२ साल पुष २५ गतेको राशिफल

आज पुष २५, २०८२ (जनवरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आदर्श मावि रंगेलीले ४१औँ वार्षिक उत्सव मनाउँदै

रविन्द्र बराल/ मोरङ, पुष २४ – मोरङको रंगेली–७ मा रहेको आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो...