News Portal

शिक्षक आन्दोलन चर्किंदै जाँदा विद्यार्थीहरू गाउँघरमा खेल्न व्यस्त

रबिन्द्र बराल
१९८ पटक

मोरङ, वैशाख ११ – पछिल्ला तीन सातादेखि काठमाडौंमा शिक्षकहरू आन्दोलनरत छन्। देशभरका सामुदायिक विद्यालयहरू बन्द हुँदा, रंगेली, सुनवर्सी, रतुवामाई, धनपालथान, कानेपोखरी लगायत विभिन्न ठाउँका विद्यार्थीहरू गाउँघरका खोलानालामा नुहाउने र दिनभर खेल्ने गरिरहेका छन्।

स्थानियका अनुसार, अधिकांश सामुदायिक विद्यालयका शिक्षकहरूले आफ्ना छोराछोरीलाई निजी विद्यालयमा पढाइरहेका छन्। सामुदायिक विद्यालयहरूमा भने गरिब तथा अति विपन्न परिवारका बालबालिकाहरू मात्रै पढ्ने गरेका छन्।

विद्यालयहरू बन्द हुँदा अभिभावकहरू आफ्ना छोराछोरीको पढाइ रोकिएकोमा चिन्तित हुन थालेका छन्। कक्षा १० को परीक्षा सकिएलगत्तै शिक्षकहरू राजधानीमा भेला भई आन्दोलनमा उत्रिएका हुन्। अहिले देशभरका करिब साढे पाँच लाख विद्यार्थीको भविष्य अन्योलमा परेको छ, तर सरकार पक्षले अहिलेसम्म कुनै सुनुवाइ गरेको छैन।

शिक्षकहरूले विद्यालय शिक्षा ऐन नबनुन्जेल विद्यालय नफर्कने अडान लिएका छन्। नयाँ शैक्षिक सत्र सुरु भइसकेको भए पनि ‘घरदैलो अभियान’, विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण जस्ता महत्वपूर्ण कार्यहरू अझै सम्पन्न हुन सकेका छैनन्। शिक्षकहरूले माग गरेको शिक्षा ऐनको विधेयक विगत १८ महिनादेखि संसद्मा अल्झिएको छ।

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...