News Portal

  • १५६औं लेनिन जयन्ती र ७७औं कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा ७७ जना विभिन्न पार्टीका नेता तथा कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश

    संगीता गुरुङ
    १०२ पटक

    काठमाडौं, वैशाख ९ – नेपाल कम्युनिस्ट पार्टीले १५६औं लेनिन जयन्ती तथा पार्टीको ७७औं स्थापना दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गर्दै विभिन्न पार्टी र समूहहरूमा सक्रिय ७७ जना नेता तथा कार्यकर्तालाई पार्टीमा भित्र्याएको छ।

    पार्टीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’को अध्यक्षता रहेको थियो भने प्रवक्ता प्रकाण्डले कार्यक्रम सञ्चालन गरेका थिए। कार्यक्रममा बोल्दै प्रवक्ता प्रकाण्डले लामो समयदेखि चलेको कम्युनिस्ट आन्दोलनले अझै पनि जनताको अपेक्षाअनुसारको परिणाम दिन नसकेको उल्लेख गरे। उनले माओवादी आन्दोलनसमेत जनतामुखी बन्न नसकेको भन्दै अहिले दलाल पुँजीवाद र सामन्तवाद फेरि उदाउँदै गएको अवस्थामा आजको दिनले नयाँ जागरण ल्याउने विश्वास व्यक्त गरे।

    कार्यक्रममा सहभागी नेकपा (माले)का केन्द्रीय सदस्य तिलक नौपानेले पार्टीको इतिहास स्मरण गर्दै, कम्युनिस्ट आन्दोलनमा पटक–पटकको फुटको कारण अग्रगमन कमजोर भएको बताए। उनले नेताहरूबीच मिलाप नहुँदा तल्लो तहमा एकता आवश्यक रहेको धारणा राखे।

    श्रमजीवी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य नवराज भट्टले विगतमा १८ पटक माओवादी घटकहरू विभाजित भएको स्मरण गर्दै, नेपाली समाजको विशेषतालाई आत्मसात गर्ने समाजवादका लागि नेपाल कम्युनिस्ट पार्टीले नेतृत्व लिनुपर्ने बताए।

    पार्टीमा प्रवेश गर्नेहरूमा नेकपा (माले)का तिलक न्यौपानेसहित ९ जना सम्पर्क मञ्चबाट, एमालेका राजु नेपालीसहित ४ जना, एसएस कलेज कीर्तिपुरबाट वसन्त रावलसहित ७ जना, स्वतन्त्र देशभक्त मञ्चका अध्यक्ष तेजप्रसाद बुढासैनी र उपाध्यक्षसहित १० जना, च्याउ विज्ञ ऋषि लाल तामाङ, र नेपाली कांग्रेसका क्षेत्रीय समिति सदस्य तथा पूर्व एसपी वीरबल थापासहित ४ जना रहेका छन्।

    कार्यक्रमको समापनमा नेपाल कम्युनिस्ट पार्टीले नयाँ प्रवेशकर्ताहरूलाई स्वागत गर्दै राष्ट्रिय स्वाधीनता, जनताको अधिकार र समाजवादी परिवर्तनको यात्रामा सामूहिक रूपमा अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्‍यो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    एनआरएनए बेल्जियमद्वारा बद्री र गौरीको अवैधानिक पत्र खारेज, अगष्ट १७ मा साधारणसभा

    काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमले अवैधानिक भइसकेको बद्री केसी र गौरीराज जोशीले पठाएको पत्रलाई...

    सामाजिक सञ्जाल दुरुपयोगविरुद्ध एलिनाको कडा कदम : चारजनाविरुद्ध साइबर ब्युरोमा उजुरी

    काठमाडौं, असार १६ – गायिका एलिना चौहानले सामाजिक सञ्जालमार्फत अश्लील र आपत्तिजनक व्यवहार गर्नेहरूको विरुद्धमा...

    महिलाको अश्लील भिडियो बनाएर बेच्ने युवक पक्राउ

    काठमाडौं, असार १६ — अश्लील फोटो तथा भिडियो तयार पारेर बेचबिखनमा संलग्न एक युवकलाई प्रहरीले...

    काठमाडौँ महानगरमा बजेट विवाद चुलिदैँ : प्रवक्ता मानन्धर फेरि मेयर बालेनको कित्तामा

    काठमाडौं, असार १६ – राजधानीको काठमाडौँ महानगरपालिकामा समयमै नयाँ आर्थिक वर्षको बजेट ल्याउन नसक्दा आन्तरिक...

    हृदयघात हुनु १ महिना अघि देखिने संकेतहरू

    आजकालको व्यस्त जीवनशैली, तनाव, अनियमित खानपान र शारीरिक निष्क्रियताले गर्दा हृदयघातको जोखिम बढ्दै गएको छ।...