News Portal

शिक्षामन्त्री विद्या भट्टराईको राजीनामा : शिक्षक आन्दोलनको चर्को दबाबबीच जिम्मेवारीबाट अलग

संगीता गुरुङ
३३९ पटक

काठमाडाैं, वैशाख ८ – लामो समयदेखि शिक्षक आन्दोलनको घेराबन्दीमा परेकी शिक्षामन्त्री विद्या भट्टराईले अन्ततः पदबाट राजीनामा दिएकी छिन्। सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा भेटेर उनले आफ्नो राजीनामा पत्र बुझाएकी हुन्।

शिक्षक महासंघसँग पटक–पटक संवाद भए तापनि समाधान ननिस्किएपछि मन्त्री भट्टराई चर्को आलोचनाको घेरामा परेकी थिइन्। यसै पृष्ठभूमिमा उनले जिम्मेवारीबाट अलग हुने निर्णय गरेकी हुन्। आजै केहीबेरमा बस्न लागेको मन्त्रिपरिषद् बैठकबाट उनको राजीनामा स्वीकृत हुने सम्भावना उच्च छ।

शिक्षामन्त्रीको रूपमा गत असार ३१ मा नियुक्त भएकी भट्टराई कास्की क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन्। मन्त्री बन्नुअघि उनी शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सक्रिय सदस्यको रूपमा कार्यरत थिइन्।

उनको राजनीतिमा प्रवेश भावनात्मक रूपमा विशेष रह्यो। उनका श्रीमान्, तत्कालीन संस्कृति तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा निधन भएपछि उनले शिक्षण पेशाबाट राजीनामा दिँदै राजनीति सुरु गरेकी थिइन्।

२०७६ सालको उपनिर्वाचनमा कास्कीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदै संसद्मा प्रवेश गरेकी भट्टराई २०७९ मा पुनः सोही क्षेत्रबाट जितेर दोस्रो कार्यकालमा पुगेकी थिइन्।

शिक्षा क्षेत्रको सुधारमा ठोस नतिजा दिन नसकेको आरोप लागिरहेका बेला आएको राजीनामा अबको नेतृत्वले कसरी अगाडि बढ्छ भन्नेमा आम जनताको चासो केन्द्रित छ।

 

प्रतिकृया दिनुहोस्

रंगेलीमा रास्वपाको संगठन विस्तार : संघर्षबाट नेतृत्वसम्मको यात्रा

रबिन्द्र बराल- मोरङको रंगेली नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठन निर्माणको यात्रा सहज थिएन।...

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...