News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • बीपीले भनेका थिए– म मरेपछि कांग्रेस एकपल्ट छिन्नभिन्न हुन्छ : कुलबहादुर गुरुङ

    ६९६ पटक

    नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा शेरबहादुर देउवालाई सभापतिको उमदेवारका लागि समर्थन गरेका नेता हुन्– कुलबहादुर गुरुङ । नेता गुरुङले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि गत चैतमा बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा १३ औं महाधिवेशनमा सभापति पदको उमेदवारका लागि देउवालाई दिएको समर्थन लिखित रुपमै फिर्ता लिए ।

    उनले नैतिकताको बन्धनबाट मुक्त हुनलाई सभापति देउवालाई गरेको समर्थन फिर्ता लिएको बताउँदै आएका छन् । सभापति देउवाले आफूले सोचेअनुसार पार्टी हितका लागि कामहरु गर्न नसकेकाले समर्थन फिर्ता लिएको नेता गुरुङको प्रष्टोक्ति रहँदै आएको छ ।

    तिनै नेता गुरुङले तत्कालीन राजा महेन्द्र शाहको प्रत्यक्ष शासनको समयमा कांग्रेसका संस्थापक नेता बीपी कोइरालासँग नजिक रहेर पार्टीले दिएको जिम्मेवारी बहन गरेका थिए । उनी तत्कालिन राजा महेन्द्र शाहले शासन सत्ता हत्याएपछि कांग्रेसले २०१८ सालमा सुरु गरेको दोस्रो सशस्त्र क्रान्तिका बेला मुक्तिसेनाको कमाण्डरको हैसियतमा सक्रिय थिए । नेता गुरुङ दोस्रो राष्ट्रपति निर्वाचनमा कांग्रेसका तर्फबाट उमेदवार बनेका थिए ।

    बाह्रखरी बुक्सले प्रकाशन गरेको पत्रकार जगत नेपालको ‘बीपीको विद्रोह’अहिले बजारमा चर्चा बटुलिरहेको छ । पत्रकार नेपालको पुस्तकमा उल्लेख भए झै नेता गुरुङका नजरमा बीपी कोइराला के साच्चै विद्रोही थिए ? बाह्रखरीका केशव सावदले नेता गुरुङसँग गरेको संक्षिप्त कुराकानी :

    तपाईंको नजरमा बीपी कोइराला कस्तो प्रकारको ‘विद्रोही’ हो ? 

    बीपी विद्रोही नै होइनन्, अनि विद्रोही पनि हुन् । किन भने उनले जति विद्रोहको कुराहरु गरे, ति विद्रोह के को निम्ति गरे ? समाधानको निम्ति । हरेक कुराको समाधान यसरी गर्नु पर्छ भनेर भनेको हो, अब त्यसलाई हामीले विद्रोह पनि भन्न सक्छौं, समाधानको बाटो खोजेको पनि भन्न सक्छौं ।

    र उनले विद्रोह जुन ढंगले सुरु गरेका थिए, सुरु गरेको विद्रोहहरु अब आज हामीहरु विद्रोह भन्छौं तर त्यो विद्रोह थिएन, समाधानको बाटो थियो त्यो त । तर त्यो एक किसिमले विद्रोह भयो । आज हामीहरुलाई उनले जुुन बाटो देखाएर विद्रोह गरे । त्यो विद्रोहले हामीलाई विद्रोही बनाउन सकेको छ । तर त्यसमा जुन समाधानको बाटोमा जानुपर्थ्यो भनिएको छ नि, त्यहाँ भने गएका छैनौ हामीहरु ।

    किन भने उनले राजाको विरुद्धमा संघर्ष गरे तर राजाको विद्रोही थिएनन् उनी । म राजतन्त्र चै चाहन्छु है, किन भने राजा रहेन भने हामी छाडा हुन्छौं भनेका थिए । तर राजालाई डिक्टेटर होइन, राजा प्रजातन्त्रवादी हुनुपर्छ भनेका थिए । त्यो सम्बन्धमा हामीले बीपीलाई विद्रोही मात्रै भन्यो भने हामीले उनलाई अनादर गरेको ठहर गर्छ ।

    के अहिलेको नेपाली कांग्रेस बीपीले कल्पना गरेको बाटोमा हिँडेको छ ? 

    अब त्यो बाटोमा हिँडको छ कि छैन भन्ने कुरा पत्रकारहरुले समालोचना गरेर भन्नु पर्ने हो । म बीपीको अनुयायी हुँ, त्यसकारण मैले भनेको कुरा कि एकलकाँटे हुन्छ, कि विद्रोही हुन्छ । तर यो समाजले त्यसलाई अथवा समाजमा बसेको जो बुद्धिजीबीहरु छन् । उनीहरुले बीपीले कुन बाटोमा जानुपर्छ भनेर उनले भनेको कुरा लिइराखेका छन ? हो त्यसमा हिँडेको छ भने हामी समाधानको बाटोमा छौं, छैनौं भने छैनौ ।

    तपाईंले अहिलेको कांग्रेस बीपीले देखाएको मार्गबाट बिचलित छ भन्न खोज्नु भएको हो ? 

    कांग्रेस बीपीको बाटोमा हिँडेको छैन नै हो । मैले आजभन्दा १५ वर्ष अगाडि नै केन्द्रीय समितिको बैठकमै भनेको छु कि म कांग्रेसको नाताले कांग्रेसहरु खोज्दैछु कांग्रेसहरुकै बीचमा । मैले त्यसबेला नै भनिसकेको छु । कांग्रेस आफ्नो बाटो छोड्दैछ है भनेर ।

    र यो भन्दा अगाडिको केन्द्रीय समिति बैठकमा पनि भनेको थिएँ, हामी पैसाको भरमा राजनीति गर्दैछौं । तर बीपीले पैसाको भरमा राजनीति गरेनन् । केन्द्रीय कार्यसमितिको मेम्बरहरु (सदस्य) पैसामा तानिन्छन्, एमपीहरु (संसद सदस्य) पैसामा तानिन्छन् । बीपीले पैसामा कहिल्यै ताने होलान ? गणेशमानजीले कहिल्यै ताने होलान ?

    हो त्यसले गर्दा यो स्पष्ट छ, सबैले भनेका छन्, मैले मात्रै होइनन् नि । त्यसले गर्दा हामी बीपीको बाटोमा छैनौं । मैले बाटो छा्ड्न हुँदैन है भन्दै आएको छु ।

    नेपाली कांग्रेसलाई त्यो बाटोमा हिँडाउने उपाय के हुन सक्छ त ? कस्तो पहल भैरहेको छ ? 

    होइन मैले भनिहाले नि कांग्रेसले बीपीले देखाएको बाटो कांग्रेसले नै छाड्दै गएको छ । र कांग्रेसहरु बाटोमा आउनुपर्छ भनि पनि राखैकै छौं । तर मेरो भनाइ एकदम गलत भएर गइराखेको छ । बीपीले त्यसबेला नै भनेका थिए– म मरेपछि पार्टी एकपल्ट छिन्नभिन्न हुन्छ । तर गाउँ गाउँमा कांग्रेस छ भने यो देशमा फेरि कांग्रेस जन्मिन्छ, यो देशमा कांग्रेस आउँछ है । उनको त्यो भनाइमा म भने आश्वस्त छु । बाह्रखरीबाट

    प्रतिकृया दिनुहोस्

    परराष्ट्रले दियो महेश श्रेष्ठ नेतृत्वको एनआरएनएलाई मान्यता, विश्वभरका दूतावासलाई गर्‍यो पत्राचार (पत्रसहित)

    काठमाडौँ। परराष्ट्र मन्त्रालयले महेशकुमार श्रेष्ठ नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए)सँग सहकार्य गर्न विश्वभरका कूटनीतिक नियोगहरूलाई...

    रवि लामिछानेको रिट सर्वोच्चमा ‘हेर्दाहेर्दैमा’, बहस लम्बिँदै

    काठमाडौं, जेठ ८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा दायर...

    लोडसेडिङ अन्त्यमा कुलमानको भूमिका ऐतिहासिक : प्रचण्ड

    काठमाडौं, जेठ ८ – माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोडसेडिङ अन्त्यको श्रेय...

    सहकारीको ऋण तिर्न नसकी फरार भएका कृष्णकुमार अर्याल पक्राउ

    काठमाडौं, जेठ ८ – विगत केही समयदेखि सहकारी संस्थाबाट लिएको ऋण तिर्न नसकी फरार रहेका...

    रवि लामिछाने प्रकरण : सर्वोच्चमा बहस सकियो, निर्णयको पर्खाइ

    काठमाडौं, जेठ ८- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण...