News Portal

८ वटा संघीय अस्पतालमा वैशाखभित्रै थपिँदैछ १५ स्वास्थ्य सेवा

हिमालीसंचार संवाददाता
२४३ पटक

काठमाडौं, वैशाख ८ – देशभरका संघीय अस्पतालहरूमा स्वास्थ्य सेवा विस्तारको क्रम जारी छ। यही वैशाख महिनाभित्रै आठ वटा संघीय अस्पतालमा १५ नयाँ स्वास्थ्य सेवा थपिने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार एक सूचना प्रकाशित गर्दै सेवा विस्तारको विस्तृत सूची सार्वजनिक गरेको हो।

स्वास्थ्य मन्त्री प्रदीप यादवको निर्देशनमा अगाडि बढाइएको यो योजना अन्तर्गत अस्पतालहरूमा आवश्यक सेवा थप गर्दै सेवा पहुँचलाई अझ प्रभावकारी बनाउने तयारी मन्त्रालयले गरेको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार यो सेवा विस्तार हालैको चैत्र महिनामा १२ संघीय अस्पतालमा गरिएको विस्तारको निरन्तरता हो।

कस्ता छन् सेवा विस्तारका बुँदाहरू?

वीर अस्पताल, काठमाडौं – दोस्रो साताभित्र सर्जिकल आइसीयूमा ९ शैय्या थपिँदैछ, जसले आकस्मिक र गम्भीर बिरामीको उपचारमा सहजता ल्याउनेछ।

भरतपुर अस्पताल, चितवन – चौथो साताबाट क्याथ ल्याब सञ्चालनमा आउनेछ। साथै जलन वार्ड, सिमुलेसन ल्याब, इनफर्टिलिटी क्लिनिक, ल्याक्टेसन म्यानेजमेन्ट युनिट र क्याडाभर ल्याब जस्ता आधुनिक सेवा पनि थपिनेछन्।

भक्तपुर क्यान्सर अस्पताल – दोस्रो सातादेखि पीआईसीयू (बाल गहन उपचार इकाइ) र पेडियाट्रिक वार्ड सञ्चालनमा ल्याइनेछ।

भेरी अस्पताल, नेपालगञ्ज – मिर्गौला प्रत्यारोपण सेवा सुरु गरिने तयारीमा छ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान – इमर्जेन्सी वार्डमा २० वटा नयाँ शैय्या थपिनेछ।

नारायणी अस्पताल, वीरगञ्ज – वैशाखको अन्तिमसम्ममा क्याथ ल्याब सुरु हुने जनाएको छ।

जीपी कोइराला श्वास-प्रश्वास केन्द्र, तनहुँ – तेस्रो सातादेखि हेमोडायलासिस सेवा सुरु हुनेछ।

गेटा अस्पताल, धनगढी – मोड्युलर ओटी, आकस्मिक कक्ष र अक्सिजन प्लान्टको सेवा तेस्रो साताभित्रै सुरू हुने मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार, यी सेवा विस्तारले सर्वसाधारणलाई समयमै, गुणस्तरीय र दक्ष उपचार सेवा दिन सहयोग पुग्नेछ। संघीय अस्पतालहरूको पूर्वाधार बलियो बनाउँदै स्वास्थ्य पहुँचलाई अझ सरल र परिणाममुखी बनाउने सरकारको प्रयास रहेको प्रवक्ता बुढाथोकीले बताए।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ७ गतेको राशिफल

आज वैशाख ७, २०८३ ( अप्रिल २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

भुटानी शरणार्थी समस्या समाधानका लागि सरकारसँग सक्रिय पहलको माग

लन्डन, वैशाख ६ — भुटानी शरणार्थी समस्या दीर्घकालीन रूपमा टुंग्याउन र भुटानमा रहेका नेपालीभाषी राजनीतिक...

अबैध रूपमा खोला उत्खनन, नगरपालिका मौन

मोरङ, वैशाख ६/रविन्द्र बराल – मोरङको रतुवामाई नगरपालिका–५ स्थित रतीलाल टोल नजिक रहेको बक्राहा खोलामा अवैध...

भोलिदेखि गोरखाका सामुदायिक विद्यालय सञ्चालनमा आउने

गोरखा, वैशाख ६ — गोरखा जिल्लाका सामुदायिक विद्यालयहरुमा भोलि सोमबारदेखि पठनपाठन सुरु गरिने भएको छ।...

आज २०८३ साल वैशाख ६ गतेको राशिफल

आज वैशाख ६, २०८३ ( अप्रिल १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...