News Portal

रतुवामाईको कोल्ड स्टोर सञ्चालनमा आएन

रबिन्द्र बराल
१९३ पटक

मोरङ, वैशाख ८ – मोरङको रतुवामाई नगरपालिका–४ स्थित झुर्किया बजारमा निर्माण सम्पन्न भएको कोल्ड स्टोर अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन।

करीब ७ वर्षअघि कृषकहरूलाई लक्षित गरेर निर्माण थालिएको कोल्ड स्टोर समयमै निर्माण सकिएको भए पनि हालसम्म सञ्चालनमा नआएपछि कृषकहरू निरुत्साहित भएका छन्।

सो क्षेत्रमा करिब ९५ प्रतिशत जमिन खेतीयोग्य भए पनि कृषकहरूले उत्पादन गर्ने आलु, प्याज लगायतका तरकारी सामग्री केही समयका लागि सुरक्षित राख्न नगरपालिकाले करिब १ करोड रुपैयाँको लागतमा कोल्ड स्टोर निर्माण गरेको थियो।

कृषकहरूका लागि सहज होस् भन्ने उद्देश्यले निर्माण गरिएको कोल्ड स्टोर अहिलेसम्म सञ्चालनमा नआउँदा यो बेकामे भएको स्थानीय रञ्जित कुमार साहले बताए। “सरकारले कृषकहरूका लागि बनाएको कोल्ड स्टोर सञ्चालनमा नआएपछि कागलाई बेल पाक्यो, हर्ष न बिस्मात भएको छ,” उनले भने।

झुर्कियाको वडा कार्यालयको प्राङ्गणमा निर्माण गरिएको कोल्ड स्टोर वडा अध्यक्ष तथा जनप्रतिनिधिहरूको आँखै अगाडि भए पनि सञ्चालनका लागि कुनै पहल नभएको स्थानीय व्यापारी मानिकचन्द्र पौदारले गुनासो गरे।

वडा अध्यक्ष अमन किशोर सिंहका अनुसार कोल्ड स्टोर सञ्चालनका लागि आवश्यक कार्यविधि नहुँदा अहिलेसम्म सञ्चालन गर्न नसकिएको हो। उनले नगरपालिकामा पटक–पटक जानकारी गराउँदा पनि सुनुवाइ नभएको स्वीकार गरेका छन्।

प्रतिकृया दिनुहोस्

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...