News Portal

दाङको चिसापानीमा भारतीय पर्यटक सवार बस दुर्घटना, २१ जना घाइते

हिमालीसंचार संवाददाता
१८२ पटक

दाङ, वैशाख ५ – दाङको गढवा गाउँपालिका–५ स्थित चिसापानीमा भारतीय पर्यटक बोकेको बस दुर्घटना हुँदा २१ जना यात्रु घाइते भएका छन्। लखनऊबाट पोखरातर्फ जाँदै गरेको युपी ३२ एमएन ९५६६ नम्बरको भारतीय नम्बर प्लेट भएको बस ब्रेक फेल भएर दुर्घटनामा परेको हो।

इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्कीका अनुसार बसमा जम्मा २५ जना यात्रु सवार थिए। तीमध्ये २१ जना घाइते भएका हुन् भने सबै घाइतेहरू भारतीय नागरिक रहेको पुष्टि गरिएको छ।

घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार कार्यमा जुटेको थियो। घाइतेहरूलाई उपचारका लागि लमहीस्थित अस्पतालहरूमा पठाइएको छ। केहीको अवस्था गम्भीर देखिए पनि हालसम्मको जानकारी अनुसार कुनैको ज्यान भने गएको छैन।

बस भारतीय सीमा नाका कोइलाबास हुँदै नेपाल प्रवेश गरेको थियो। यो दुर्घटनाले फेरि एक पटक ब्रेक फेलजस्ता समस्या र लामो दूरीका यात्रामा प्रयोग हुने सवारीसाधनको नियमित जाँचको आवश्यकता औंल्याएको छ।

सडक सुरक्षाप्रति सजगता अपनाउनुपर्नेमा प्रहरी प्रशासनले सबैमा सचेत रहन आग्रह गरेको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...