News Portal

दाङको चिसापानीमा भारतीय पर्यटक सवार बस दुर्घटना, २१ जना घाइते

हिमालीसंचार संवाददाता
२३० पटक

दाङ, वैशाख ५ – दाङको गढवा गाउँपालिका–५ स्थित चिसापानीमा भारतीय पर्यटक बोकेको बस दुर्घटना हुँदा २१ जना यात्रु घाइते भएका छन्। लखनऊबाट पोखरातर्फ जाँदै गरेको युपी ३२ एमएन ९५६६ नम्बरको भारतीय नम्बर प्लेट भएको बस ब्रेक फेल भएर दुर्घटनामा परेको हो।

इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्कीका अनुसार बसमा जम्मा २५ जना यात्रु सवार थिए। तीमध्ये २१ जना घाइते भएका हुन् भने सबै घाइतेहरू भारतीय नागरिक रहेको पुष्टि गरिएको छ।

घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार कार्यमा जुटेको थियो। घाइतेहरूलाई उपचारका लागि लमहीस्थित अस्पतालहरूमा पठाइएको छ। केहीको अवस्था गम्भीर देखिए पनि हालसम्मको जानकारी अनुसार कुनैको ज्यान भने गएको छैन।

बस भारतीय सीमा नाका कोइलाबास हुँदै नेपाल प्रवेश गरेको थियो। यो दुर्घटनाले फेरि एक पटक ब्रेक फेलजस्ता समस्या र लामो दूरीका यात्रामा प्रयोग हुने सवारीसाधनको नियमित जाँचको आवश्यकता औंल्याएको छ।

सडक सुरक्षाप्रति सजगता अपनाउनुपर्नेमा प्रहरी प्रशासनले सबैमा सचेत रहन आग्रह गरेको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

 

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...