News Portal

कथा वाचिका देवी प्रतिभा पोखरामा, १४ दिनसम्म चल्नेछ कोटिहोम कथा वाचन

संगीता गुरुङ
२५० पटक

काठमाडौं, वैशाख ५ – प्रसिद्ध धार्मिक कथा वाचिका देवी प्रतिभा २५ सदस्यीय टोलीसहित पोखरा आइपुगेकी छन्। उनी गण्डकी प्रदेशको पोखरा महानगरपालिका–१७ मा सुरु हुन लागेको श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम कार्यक्रममा सहभागी हुन नेपाल आएकी हुन्।

मानवसेवा फाउन्डेसनका संस्थापक विजयकृष्ण मूर्तिका अनुसार, देवी प्रतिभाले आज हुने कोटिहोम कार्यक्रममा समुद्घाटन गर्दै कथा वाचनको सुरुवात गर्नेछिन्। कार्यक्रम १४ दिनसम्म चल्नेछ र उनी प्रत्येक दिन गायत्री महिमा र धार्मिक शिक्षामूलक कथा प्रस्तुत गर्नेछिन्।

उनको टोलीमा व्यावसायिक सुरक्षाकर्मी, संगीत समुह र अन्य व्यवस्थापक सदस्यहरूसमेत छन्, जसले सम्पूर्ण कार्यक्रमलाई आकर्षक र शास्त्रीय ढंगले प्रस्तुत गर्नेछ।

यही अवसरमा शितकृष्ण महाराजसमेत पोखरा आइपुगेका छन्। उनले देवी प्रतिभाको कथा वाचन कार्यक्रमको प्रारम्भ समारोहमा प्रवचन दिने कार्यक्रम तय भएको छ।

धार्मिक शुद्धता, आत्मिक उन्नति र सामाजिक समर्पणका लागि महत्वपूर्ण मानिने यस्ता कोटिहोम कार्यक्रमहरूमा सर्वसाधारणको उल्लेखनीय उपस्थिति हुने विश्वास गरिएको छ। आयोजकले श्रद्धालुहरूलाई सहभागी भई पुण्य लाभ लिन आग्रह गरेका छन्।

 

प्रतिकृया दिनुहोस्

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...

हर्क साम्पाङः श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

काठमाडौं, पुस १३ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो...