News Portal

चार भुटानी शरणार्थीलाई देश निकाला नगर्न सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले झापामा पक्राउ परेका चार जना भुटानी शरणार्थीलाई नेपालबाट निष्कासन नगर्न सरकारलाई आदेश दिएको छ।

संगीता गुरुङ
२५९ पटक

काठमाडौं, वैशाख ४ – सर्वोच्च अदालतले झापामा पक्राउ परेका चार जना भुटानी शरणार्थीलाई नेपालबाट निष्कासन नगर्न सरकारलाई आदेश दिएको छ।

न्यायाधीश हरि फुयालको इजलासले उक्त आदेश दिँदै, उनीहरूलाई हाललाई नेपालमै राख्न निर्देशन दिएको हो। पक्राउ परेकामध्ये एक व्यक्तिले बन्दी प्रत्यक्षीकरणको माग गर्दै सर्वोच्चमा निवेदन दर्ता गराएका थिए। प्रारम्भिक सुनुवाइपछि अदालतले अन्तरिम आदेश जारी गरेको हो।

झापाको बेलडाँगीस्थित शरणार्थी शिविरबाट पक्राउ गरिएका ती शरणार्थीहरू पहिल्यै अमेरिका डिपोर्ट भई भुटान पुगेका थिए। तर, भुटानमा बसेर नपाउँदै उनीहरू भारत हुँदै नेपाल प्रवेश गरेका थिए भन्ने प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।

अहिलेसम्म सर्वोच्च अदालतको पूर्ण आदेश सार्वजनिक भइसकेको छैन। घटनाको थप अनुसन्धान भइरहेको बताइएको छ।

प्रतिकृया दिनुहोस्

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...

रवि–बालेन सहकार्य लामो समय टिक्ने छैन: कांग्रेसको ठहर

काठमाडौं, माघ २८ – नेपाली कांग्रेसले हालको राजनीतिक परिस्थितिलाई सामाजिक सञ्जालमा देखिएको चर्चा भन्दा फरक...

प्रचण्ड भन्छन्: निर्वाचन माहोल नेकपाको पक्षमा बढ्दैछ

पोखरा, २८ माघ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...