News Portal

  • चार भुटानी शरणार्थीलाई देश निकाला नगर्न सर्वोच्चको अन्तरिम आदेश

    सर्वोच्च अदालतले झापामा पक्राउ परेका चार जना भुटानी शरणार्थीलाई नेपालबाट निष्कासन नगर्न सरकारलाई आदेश दिएको छ।

    संगीता गुरुङ
    १४० पटक

    काठमाडौं, वैशाख ४ – सर्वोच्च अदालतले झापामा पक्राउ परेका चार जना भुटानी शरणार्थीलाई नेपालबाट निष्कासन नगर्न सरकारलाई आदेश दिएको छ।

    न्यायाधीश हरि फुयालको इजलासले उक्त आदेश दिँदै, उनीहरूलाई हाललाई नेपालमै राख्न निर्देशन दिएको हो। पक्राउ परेकामध्ये एक व्यक्तिले बन्दी प्रत्यक्षीकरणको माग गर्दै सर्वोच्चमा निवेदन दर्ता गराएका थिए। प्रारम्भिक सुनुवाइपछि अदालतले अन्तरिम आदेश जारी गरेको हो।

    झापाको बेलडाँगीस्थित शरणार्थी शिविरबाट पक्राउ गरिएका ती शरणार्थीहरू पहिल्यै अमेरिका डिपोर्ट भई भुटान पुगेका थिए। तर, भुटानमा बसेर नपाउँदै उनीहरू भारत हुँदै नेपाल प्रवेश गरेका थिए भन्ने प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।

    अहिलेसम्म सर्वोच्च अदालतको पूर्ण आदेश सार्वजनिक भइसकेको छैन। घटनाको थप अनुसन्धान भइरहेको बताइएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    बीपी राजमार्गमा राति सवारीसाधन सञ्चालनमा रोक, १५ भदौसम्म लागू

    काभ्रेपलाञ्चोक, साउन ३० – काभ्रेपलाञ्चोक र सिन्धुली प्रशासनले बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै बीपी...

    सभामुख घिमिरेद्वारा कुलिङ पिरियड छानबिन प्रतिवेदन कार्यान्वयन निर्देशन

    काठमाडौं, साउन ३० – संघीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी त्रुटि उजागर गर्ने संसदीय छानबिन...

    दरभंगा विश्वविद्यालयको नक्कली प्रमाणपत्र प्रयोग गरी शिक्षक पक्राउ, ६ महिनाको जेल सजाय

    काठमाडौं, साउन ३० – नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षक पदमा नियुक्ति लिएको प्रकरणमा विशेष...

    विष्णु माझीको ‘पुतलीको भट्टी’ शृङ्खला नेपाली लोकसंगीतमा अद्वितीय उपलब्धि

    काठमाडौं, साउन ३० – लोकप्रिय गायिका विष्णु माझी नयाँ तीज गीत ‘म त नराउरी’ मार्फत...

    नेपालगञ्जमा लागुऔषध कारोबार गर्ने चार जना पक्राउ, प्रहरीसँग झडपमा एक घाइते

    नेपालगञ्ज, साउन ३० – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-४ मा प्रहरीले लागुऔषध खैरो हेरोइन कारोबारमा संलग्न चार...