News Portal

नेपाली बजारमा सुनको ऐतिहासिक मूल्यवृद्धि, नयाँ रेकर्ड कायम

नेपाली बजारमा सुनको मूल्य आकाशिँदै गएको देखिएको छ।

संगीता गुरुङ
१९९ पटक

नेपाली बजारमा सुनको मूल्य आकाशिँदै गएको देखिएको छ। बिहीबार तोलाको मूल्य १ लाख ९० हजार ६ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला ३ हजार ६ सय रुपैयाँले वृद्धि भएको हो। बुधबार छापावाल सुनको मूल्य १ लाख ८७ हजार रुपैयाँ थियो।

यस हिसाबले १० ग्राम छापावाल सुनको मूल्य हाल १ लाख ६३ हजार ४ सय १० रुपैयाँमा पुगेको छ।

सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिन १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार ५ रुपैयाँले बढेर १ हजार ९ सय ६० रुपैयाँमा पुगेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...