News Portal

इखा पुखु पुरानै स्वरूपमा फर्किंदै, काठमाडौं महानगरले सुरु गर्यो पुनर्निर्माण कार्य

संगीता गुरुङ
३१५ पटक

काठमाडौं, वैशाख ४ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले लिच्छविकालीन शैलीमा निर्माण भएको ऐतिहासिक पोखरी ‘इखा पुखु’लाई पुरानै स्वरूपमा फर्काउने उद्देश्यले पुनर्निर्माण सुरु गरिएको जानकारी दिएका छन्।

महानगरको पहलमा झण्डै ३ करोड ६४ लाख रुपैयाँको लागतमा पुनर्निर्माण भइरहेको यो पोखरी करिब साढे ७ रोपनी क्षेत्रफलमा फैलिएको छ। मेयर शाहका अनुसार, त्यसमध्ये ६ रोपनी क्षेत्र पोखरीको पानी संकलनका लागि छुट्याइएको छ।

पोखरी वरिपरि २ मिटर चौडाइ भएको पदमार्ग बनाइँदैछ भने आकाशे पानी संकलन गर्ने प्रविधि पनि राखिने योजना छ। मेयर शाहले यो पुनर्निर्माणबाट काठमाडौंको ऐतिहासिक जल प्रणाली पुनः सक्रिय हुने विश्वास व्यक्त गरेका छन्।

लिच्छविकालीन समयमा पानी संचित गर्नकै लागि काठमाडौंको उत्तरी भेगमा निर्माण गरिएको इखा पुखु समयको फेरमा हराउँदै गएको थियो। अब पुनर्निर्माणसँगै यसको ऐतिहासिक महत्त्व मात्र होइन, वातावरणीय तथा शहरी व्यवस्थापनमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।

 

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...