News Portal

कक्षा १२ को परीक्षा संकटमा: आन्दोलन रोकिएन भने असर पर्न सक्ने

संगीता गुरुङ
२७२ पटक

काठमाडौं, वैशाख ३ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा वैशाख ११ गतेदेखि सुरु गर्ने तयारी पूरा गरेको जनाएको छ। तर, हाल देशभर जारी शिक्षक आन्दोलनका कारण परीक्षाको सुचारु सञ्चालनमा अनिश्चितता बढ्दै गएको छ।

शिक्षकहरुले परीक्षाको व्यवस्थापनमा सहभागी नहुने अडान लिएपछि बोर्ड चिन्तित देखिएको छ। बोर्ड अध्यक्ष महाश्रम शर्माले आन्दोलन रोकिएन भने परीक्षा प्रभावित हुन सक्ने स्पष्ट संकेत दिएका छन्। “परीक्षा सञ्चालन गर्ने जिम्मेवारी शिक्षककै काँधमा हुन्छ,” उनले भने, “सरकार र शिक्षकबीचको संवाद सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा छ।”

बोर्डले व्यवस्थापनका सम्पूर्ण पक्षमा तयारी गरिसकेको भए पनि शिक्षक बिना परीक्षा सम्भव छैन भन्ने अध्यक्ष शर्माको भनाइ छ। उनले भने, “कक्षा १२ को परीक्षा विद्यार्थीहरूको भविष्यसँग जोडिएको विषय हो। यसले उच्च शिक्षाको बाटो खोल्ने मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमा पनि असर पार्न सक्छ। त्यसैले एक दिनको अवरोधले पनि ठूलो प्रभाव पार्न सक्छ।”

शर्माले शिक्षकहरू परीक्षालाई अवरोध गर्ने कार्यमा जानुहुन्न भन्ने विश्वास व्यक्त गरे। “आफैंले पढाएका विद्यार्थीहरूलाई असर पार्ने काम गर्नु हुँदैन भन्ने शिक्षकहरूको सोचमा हामीले भरोसा राखेका छौं,” उनले थपे।

बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले पनि परीक्षा तोकिएको मितिमै हुने विश्वास व्यक्त गरे। उनका अनुसार, करिब ५ लाख विद्यार्थीले परीक्षा दिने तयारी गरिरहेका छन्। “हामीले समयमै क्यालेन्डर तयार गरेका थियौं। परीक्षा कहिले हुने भन्ने जानकारी एक वर्ष अघिदेखि नै छ। त्यसैले मिति परिवर्तनको सम्भावना छैन,” उनले स्पष्ट पारे।

शिक्षकहरूको आन्दोलन जारी रहेमा विद्यालय तहको शैक्षिक गतिविधि मात्र होइन, राष्ट्रिय परीक्षा प्रणाली नै प्रभावित हुने देखिन्छ। अब सबैको ध्यान सरकार र शिक्षकबीचको संवाद कतातिर मोडिन्छ भन्नेमा केन्द्रित छ। विद्यार्थीहरूको भविष्य सुनिश्चित गर्न शीघ्र समाधान आवश्यक छ।

प्रतिकृया दिनुहोस्

नेपाल सरकारको ध्यान जाओस्

मोरङ, चैत्र २५ – रङ्गेली नगरपालिका–७ मा रहेको इलाका प्रशासन कार्यालय रंगेली रहेको स्थानको जग्गा २०२४...

के आधारमा देउवा दम्पतीमाथि छानबिन सुरु भयो ?

काठमाडौं, चैत २५ – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा...

गण्डकी प्रदेशको बजेटमा करिब ५ अर्ब कटौती हुने संकेत

कास्की, चैत २५ – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउने बजेट अघिल्लो वर्षभन्दा...

देउवा दम्पतीमाथि पक्राउ आदेश जारी

काठमाडौं, चैत २५ — हिमाली सञ्चार संवाददाताका अनुसार पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा र उनकी पत्नी...

आज २०८२ साल चैत २५ गतेको राशिफल

आज चैत २५, २०८२ ( अप्रिल ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...