News Portal

हत्कडीसहित दुर्गा प्रसाईंलाई काठमाडौँ ल्याइयो

संगीता गुरुङ
२११ पटक

काठमाडौँ, चैत्र २९ – राज्यविरुद्धको गतिविधिमा संलग्न भएको अभियोगमा फरार रहेका दुर्गा प्रसाईंलाई प्रहरीले शुक्रबार झापाको भद्रपुरबाट पक्राउ गरी काठमाडौँ ल्याएको छ। उनीसँगै अंगरक्षक दीपक खड्कालाई पनि नियन्त्रणमा लिइएको हो।

सुरक्षा स्रोतका अनुसार प्रसाईंलाई बिहान करिब १०:०७ बजे भारततर्फबाट प्रदेश १–०१–००२ च ३७९३ नम्बरको गाडीमा नेपाल ल्याइएको थियो। त्यसपछि उनलाई भद्रपुरबाट बुद्ध एयरको जहाजमार्फत काठमाडौँ पुर्‍याइएको हो।

यसअघि प्रसाईंको सचिवालयले उनी भारतको आसाममा आत्मसमर्पण गरेको दाबी गरेको थियो। यद्यपि, नेपाल–भारतबीच सुपुर्दगी सन्धि नहुँदा सीमाक्षेत्रमा गैरआधिकारिक रूपमा व्यक्तिहरूको आदान–प्रदान हुने गरेको प्रचलन अनुसार उनी नेपाल ल्याइएको बताइएको छ।

प्रहरी प्रवक्ता डिआईजी दिनेश कुमार आचार्यले तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा फरार रहेका दुर्गा प्रसाईं र उनका अंगरक्षकलाई पक्राउ गरिएको जानकारी दिएका छन्।

प्रहरीका अनुसार उनीहरूविरुद्ध संगठित अपराध तथा राज्यविरुद्धको षड्यन्त्रसम्बन्धी अभियोगमा थप अनुसन्धान अगाडि बढाइएको छ।

प्रतिकृया दिनुहोस्

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...