News Portal

प्रधानमन्त्री ओलीको व्यवहारमा दोहोरो मापदण्ड देखिएको भन्दै आजपा अध्यक्ष प्रभु साहको आपत्ति

आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक आचरणप्रति कडा असन्तोष जनाएका छन्।

संगीता गुरुङ
२९३ पटक

काठमाडौं, चैत्र २९ – आम जनता पार्ट (आजपा)का अध्यक्ष प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक आचरणप्रति कडा असन्तोष जनाएका छन्। प्रधानमन्त्री ओलीले एउटै विषयमा फरक–फरक व्यवहार देखाएको भन्दै उनले “दुईवटा मापदण्ड” अपनाएको आरोप लगाएका छन्।

सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै साहले प्रधानमन्त्रीको व्यवहारले देश र जनताले पीडा भोग्नुपरेको उल्लेख गरेका छन्। उनले भनेका छन्, “पद र पावरको नाममा जे मन लाग्यो त्यही गर्ने प्रवृत्तिले लोकतान्त्रिक मूल्य र मान्यतामा ठेस पुगेको छ।”

उनको यस्तो अभिव्यक्तिको कारण बनेको छ—प्रधानमन्त्री ओलीले जसपा नेपालबाट निर्वाचित सिराहाको धनगढीमाई नगरपालिका–७ का वडाध्यक्ष विजय महतोलाई नेकपा एमालेमा टिका–माला लगाएर स्वागत गर्नु। सो घटनाको उदाहरण दिँदै साहले प्रधानमन्त्रीसँग गम्भीर प्रश्न गरेका छन्—“यदि विजय महतोको पार्टी प्रवेश वैध हो भने, मौलापुर नगरपालिकाकी निर्वाचित मेयर रिनाकुमारी साहलाई पदमुक्त गर्नुको आधार के हो?”

गत असोजमा रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साहलाई पदमुक्त गरिएको थियो, जसको आलोचना गर्दै साहले प्रधानमन्त्रीको निर्णयलाई राजनीतिक पूर्वाग्रही र अनैतिक करार दिएका छन्।

अध्यक्ष साहले थप लेखेका छन्, “प्रधानमन्त्रीज्यू, अलिकति नैतिकताको कदर गर्नुस्। तपाईँको दोहोरो चरित्रले देशले धेरै भोगिसक्यो। अब समय आएको छ—सत्ता दुरुपयोग होइन, जनता र संविधानको सम्मान गर्नुपर्ने।”

प्रधानमन्त्री ओलीको पछिल्ला कदमहरूलाई लिएर राजनीतिक वृत्तमा बहस चुलिँदै गएको छ। सत्तापक्ष र विपक्षबीच नैतिकताको सवालमा खटपट बढ्न थालेको देखिन्छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १२ गतेको राशिफल

आज वैशाख १२, २०८३ ( अप्रिल २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...