News Portal

भारतबाट पक्राउ परेका दुर्गा प्रसाईं झापा ल्याइए, अब काठमाडौं ल्याइने तयारीमा

राजावादी आन्दोलनका अगुवा दुर्गा प्रसाईंलाई नेपाल प्रहरीले भारतको आसाम राज्यबाट पक्राउ गरी शुक्रबार बिहान झापा ल्याएको छ।

संगीता गुरुङ
३२८ पटक

काठमाडौं, चैत्र २९ – राजावादी आन्दोलनका अगुवा दुर्गा प्रसाईंलाई नेपाल प्रहरीले भारतको आसाम राज्यबाट पक्राउ गरी शुक्रबार बिहान झापा ल्याएको छ। काँकडभिट्टा नाकामार्फत नेपाल प्रवेश गराइएका प्रसाईंलाई विशेष सुरक्षा व्यवस्थाबीच नेपाल प्रहरीले झापा पुर्‍याएको हो।

प्रहरी स्रोतका अनुसार, उनलाई अब जहाजमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको छ। पक्राउ प्रक्रिया पूरा गर्न प्रहरीको विशेष ब्यूरो र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोली भारत गएको थियो। सो टोलीले बिहीबार प्रसाईंलाई नियन्त्रणमा लिएको हो।

१५ चैत्रमा काठमाडौंको तीनकुनेमा भएको राजावादी आन्दोलनमा प्रसाईंले प्रमुख भूमिका निर्वाह गरेका थिए। सो आन्दोलन हिंसात्मक बन्दै जाँदा दुई जनाको मृत्यु भएको थियो। घटनापछि फरार रहेका उनी भारततर्फ भागेका थिए।

हाल उनी प्रहरी निगरानीमा रहेका छन् र काठमाडौं ल्याएर थप अनुसन्धान प्रक्रिया अघि बढाइने बताइएको छ।

 

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...