News Portal

भारतमा पक्राउ परे दुर्गा प्रसाईं, नेपाल ल्याउने तयारीमा प्रहरी

तीनकुनेमा चैत्र १५ गते भएको उग्र प्रदर्शनका मुख्य योजनाकार दुर्गा प्रसाईं भारतमा पक्राउ परेका छन्।

संगीता गुरुङ
२३८ पटक

काठमाडौं, चैत्र २८ – तीनकुनेमा चैत्र १५ गते भएको उग्र प्रदर्शनका मुख्य योजनाकार दुर्गा प्रसाईं भारतमा पक्राउ परेका छन्। प्रहरी स्रोतका अनुसार उनी हाल भारतीय सुरक्षाकर्मीको नियन्त्रणमा रहेका छन् र उनलाई नेपाल ल्याउने प्रक्रिया अगाडि बढाइएको छ।

उक्त घटनामा प्रसाईंले प्रहरीमाथि गाडी कुदाएर फरार भएका थिए। त्यसपछिका केही दिन उनी सम्पर्कविहीन रहँदा विभिन्न आशंका र चर्चा चलेका थिए। यद्यपि, सामाजिक सञ्जालमा प्रसाईंले भिडियो सन्देशहरू सार्वजनिक गर्दै आफू फरार नरहेको दाबी गर्दै आएका थिए।

तर, निरन्तर सामाजिक सञ्जालमा देखिँदै आएका प्रसाईंको ठेगाना पहिचान गर्न नसकेको भन्दै सुरक्षाअङ्ग आलोचनाको केन्द्रमा परेका थिए।

तीनकुनेमा भएको प्रदर्शन नियन्त्रणबाहिर जाँदा दुई जनाको ज्यान गएको थियो भने सरकारी तथा निजी सम्पत्तिमा आगजनी र तोडफोड भएको थियो।

अब मुख्य अभियुक्त पक्राउ परेसँगै घटनाको अनुसन्धानले नयाँ गति लिने विश्वास गरिएको छ। सुरक्षा निकायहरूले बाँकी संलग्न व्यक्तिहरूको खोजी कार्यलाई अझ तीव्र बनाउने जनाएका छन्।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २४ गतेको राशिफल

आज पुष २४, २०८२ (जनवरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अमेरिकाले नेपाली नागरिकका लागि भिसा आवेदनमा धरौटी अनिवार्य बनायो

काठमाडौँ, २३ पुष – अमेरिकी विदेश मन्त्रालयले नेपाली नागरिकले पर्यटक वा व्यावसायिक (बी–१/बी–२) भिसा आवेदन...

कुलमान घिसिङ काठमाडौँ–३ बाट प्रतिनिधिसभा चुनावमा उठ्ने तयारीमा

काठमाडौं, २३ पुष – ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्रालयसहित तीन मन्त्रालयको जिम्मेवारी सम्हालेका नागरिक...

ज्ञानेन्द्र शाही रास्वपामा प्रवेशको तयारीमा, बालेनसँगको भेटपछि असन्तोष

काठमाडौं, २३ पुष – राप्रपा प्रवक्ता एवं पूर्वसांसद ज्ञानेन्द्र शाही रास्वपाका नेताहरूसँग लगातार भेटघाट गर्दै...

आज २०८२ साल पुष २३ गतेको राशिफल

आज पुष २३, २०८२ (जनवरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...