News Portal

सुनको भाउमा ऐतिहासिक उकालो, नयाँ रेकर्ड कायम

आज बिहीबार नेपाली बजारमा सुनको मूल्य एकैदिन भारी उकालो लाग्दै नयाँ रेकर्ड कायम गरेको छ।

हिमालीसंचार संवाददाता
१९३ पटक

काठमाडौं, चैत्र २८ – आज बिहीबार नेपाली बजारमा सुनको मूल्य एकैदिन भारी उकालो लाग्दै नयाँ रेकर्ड कायम गरेको छ। अघिल्लो दिन तोलामा २ हजार रुपैयाँले वृद्धि भएको सुनको मूल्य आज थप ५ हजार ७ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ८१ हजार १ सय रुपैयाँ पुगेको छ।

यो दर हालसम्मकै उच्च मूल्य हो। यसअघि गत शुक्रबार सुन प्रतितोला १ लाख ८० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो, जुन त्यसबेला रेकर्ड मूल्य मानिएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि आजको दिनमा उल्लेखनीय रूपमा बढेको छ। अघिल्लो दिन १ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आज ६५ रुपैयाँले वृद्धि भई १ हजार ९ सय रुपैयाँमा पुगेको छ।

सुनको मूल्यसँगै विश्वका प्रमुख सेयर बजारहरूमा पनि सुधारको संकेत देखिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...