News Portal

नारायणी नदीबाट दुई शव उद्धार, सशस्त्र प्रहरीको टोलीको सफलता

नारायणी नदीबाट सशस्त्र प्रहरीको गोताखोर टोलीले दुई शव उद्धार गरेको छ।

संगीता गुरुङ
२०८ पटक

चितवन, २७ चैत्र – पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका-१ स्थित नारायणी नदीबाट सशस्त्र प्रहरीको गोताखोर टोलीले दुई शव उद्धार गरेको छ। शवहरु १३ वर्षीया दीक्षा सुर्पेञ्जा र ९ वर्षीय स्वप्निल सेर्पुञ्जाका हुन्।

गत २६ चैत्रमा नदीमा नुहाउन गएका यी बालबालिका डुबेर वेपत्ता भएका थिए। घटनाको सूचना प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट गोताखोर टोली घटनास्थलतर्फ प्रस्थान गर्यो।

आज बिहान ११:३० बजे टोलीले स्वप्निलको शव ३५ फिट गहिराइबाट उद्धार गरेको थियो भने, दीक्षाको शव दिउँसो १२:३० बजे ५० फिट गहिराइबाट बाहिर निकालिएको थियो।

सशस्त्र प्रहरी सहप्रवक्ता शैलेन्द्र थापाले उद्धार कार्यमा संलग्न टोलीको कठिन परिश्रम र सफलताबारे जानकारी दिएका छन्।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १८ गतेको राशिफल

आज पुष १८, २०८२ (जनवरी २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...