News Portal

  • तीनकुनेमा अवाञ्छित गतिविधिमा संलग्न कमल विष्ट पक्राउ

    पूर्वराजा समर्थक समूहले चैत्र १५ गते काठमाडौंको तीनकुनेमा आयोजना गरेको प्रदर्शनका क्रममा अवाञ्छित गतिविधिमा संलग्न भएको आरोपमा कमल विष्टलाई प्रहरीले पक्राउ गरेको छ।

    संगीता गुरुङ
    १७८ पटक

    चैत्र २७, काठमाडौं – पूर्वराजा समर्थक समूहले चैत्र १५ गते काठमाडौंको तीनकुनेमा आयोजना गरेको प्रदर्शनका क्रममा अवाञ्छित गतिविधिमा संलग्न भएको आरोपमा कमल विष्टलाई प्रहरीले पक्राउ गरेको छ। ललितपुरको ठेचो स्थायी ठेगाना भएका विष्टलाई काठमाडौंको ढोलाहिटीबाट नियन्त्रणमा लिइएको उपत्यका प्रहरी कार्यालयले जानकारी दिएको छ।

    विष्ट राप्रपा नेपालका विद्रोही धारणाका नेता केशरबहादुर विष्टका निकट व्यक्तिका रूपमा चिनिन्छन्। उनीमाथि सामाजिक सञ्जालमा श्रीलङ्का र बङ्गलादेशको शैलीमा आन्दोलन गर्ने चेतावनी दिएको र प्रहरी महानिरीक्षक दीपक थापालाई लक्षित गर्दै अश्लील तथा आपत्तिजनक भाषा प्रयोग गरेको आरोप लागेको छ।

    हाल प्रहरीले विष्टविरुद्ध सामाजिक सञ्जालको दुरुपयोग, अभद्र व्यवहार तथा सार्वजनिक सुरक्षामा खतरा पुर्‍याएको भन्दै आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर ४ गतेको राशिफल

    आज मंसिर ४, २०८२ (नोभेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    गल्ति भयो भनेर मात्र पुग्दैन सच्याउन सक्नुपर्छ

    – कमला थापा २०८२ मंसिर ३ गते। ३६ बर्षसम्म सत्ताको राजनिति गर्नेहरुले आज मूलुकमा पुर्याएको...

    सिमरामा एमाले नेताहरूलाई विमानस्थलबाट रोकिँदा ओलीको आपत्ति, पार्टीले प्रतिवाद गर्ने चेतावनी

    काठमाडौं, मंसिर ३ – नेकपा एमालेका अध्यक्ष केपी ओलीले सिमरामा आयोजना हुने कार्यक्रममा आफ्नो पार्टीका...

    भक्तपुरमा स्कुल भ्यानले सामुदायिक कुकुरलाई ठक्कर, एकको मृत्यु

    भक्तपुर, मंसिर ३ – भक्तपुर ठिमीस्थित एमिनिटी इङ्लिस सेकेन्डरी स्कुलको भ्यानले सोमबार बिहान कागेश्वरी मनोहरा...

    केपी ओलीले सरकारसँग दुर्गा प्रसाईँ पक्राउबारे स्पष्ट जवाफ मागे

    काठमाडौं, मंसिर ३ – नेकपा एमाले अध्यक्ष केपी ओलीले दुर्गा प्रसाईँको पक्राउबारे सरकारसँग स्पष्ट जवाफ...