News Portal

तीनकुनेमा अवाञ्छित गतिविधिमा संलग्न कमल विष्ट पक्राउ

पूर्वराजा समर्थक समूहले चैत्र १५ गते काठमाडौंको तीनकुनेमा आयोजना गरेको प्रदर्शनका क्रममा अवाञ्छित गतिविधिमा संलग्न भएको आरोपमा कमल विष्टलाई प्रहरीले पक्राउ गरेको छ।

संगीता गुरुङ
२५० पटक

चैत्र २७, काठमाडौं – पूर्वराजा समर्थक समूहले चैत्र १५ गते काठमाडौंको तीनकुनेमा आयोजना गरेको प्रदर्शनका क्रममा अवाञ्छित गतिविधिमा संलग्न भएको आरोपमा कमल विष्टलाई प्रहरीले पक्राउ गरेको छ। ललितपुरको ठेचो स्थायी ठेगाना भएका विष्टलाई काठमाडौंको ढोलाहिटीबाट नियन्त्रणमा लिइएको उपत्यका प्रहरी कार्यालयले जानकारी दिएको छ।

विष्ट राप्रपा नेपालका विद्रोही धारणाका नेता केशरबहादुर विष्टका निकट व्यक्तिका रूपमा चिनिन्छन्। उनीमाथि सामाजिक सञ्जालमा श्रीलङ्का र बङ्गलादेशको शैलीमा आन्दोलन गर्ने चेतावनी दिएको र प्रहरी महानिरीक्षक दीपक थापालाई लक्षित गर्दै अश्लील तथा आपत्तिजनक भाषा प्रयोग गरेको आरोप लागेको छ।

हाल प्रहरीले विष्टविरुद्ध सामाजिक सञ्जालको दुरुपयोग, अभद्र व्यवहार तथा सार्वजनिक सुरक्षामा खतरा पुर्‍याएको भन्दै आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ।

 

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...