News Portal

तीनकुने घटना : प्रदर्शनमा संलग्न थप ६ जना पक्राउ, अनुसन्धान जारी

काठमाडौंको तीनकुनेमा हालै भएको राजावादी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा संलग्न रहेको आरोपमा प्रहरीले थप ६ जनालाई पक्राउ गरेको छ।

संगीता गुरुङ
२७६ पटक

काठमाडौं, चैत्र २६ – राजधानी काठमाडौंको तीनकुनेमा हालै भएको राजावादी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा संलग्न रहेको आरोपमा प्रहरीले थप ६ जनालाई पक्राउ गरेको छ।

काठमाडौं जिल्ला प्रहरी परिसरको टोलीले सर्लाहीका २२ वर्षीय अमित साह, सुनसरीका १९ वर्षीय सुमन कार्की, बर्दियाका ३४ वर्षीय हेमराज थारु, धादिङका २७ वर्षीय दिवस बोगटी क्षेत्री, काभ्रेको ३० वर्षीया अनिता कुँवर (एनी) र सिन्धुपाल्चोकका ३० वर्षीय कुमार तामाङलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार उनीहरूमाथि आपराधिक उपद्रव र संगठित अपराधसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाइएको छ। परिसरका प्रवक्ता एसपी अपिल राज बोहराले राज्यविरुद्धको अपराधसमेतमा अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

यसअघि राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महासचिव तथा सांसद धवलशम्शेर राणासहित ६७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। हालसम्म यस घटनासँग सम्बन्धित पक्राउ पर्नेको संख्या ७३ पुगेको छ।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...