News Portal

तीनकुने घटना : प्रदर्शनमा संलग्न थप ६ जना पक्राउ, अनुसन्धान जारी

काठमाडौंको तीनकुनेमा हालै भएको राजावादी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा संलग्न रहेको आरोपमा प्रहरीले थप ६ जनालाई पक्राउ गरेको छ।

संगीता गुरुङ
१९४ पटक

काठमाडौं, चैत्र २६ – राजधानी काठमाडौंको तीनकुनेमा हालै भएको राजावादी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा संलग्न रहेको आरोपमा प्रहरीले थप ६ जनालाई पक्राउ गरेको छ।

काठमाडौं जिल्ला प्रहरी परिसरको टोलीले सर्लाहीका २२ वर्षीय अमित साह, सुनसरीका १९ वर्षीय सुमन कार्की, बर्दियाका ३४ वर्षीय हेमराज थारु, धादिङका २७ वर्षीय दिवस बोगटी क्षेत्री, काभ्रेको ३० वर्षीया अनिता कुँवर (एनी) र सिन्धुपाल्चोकका ३० वर्षीय कुमार तामाङलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार उनीहरूमाथि आपराधिक उपद्रव र संगठित अपराधसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाइएको छ। परिसरका प्रवक्ता एसपी अपिल राज बोहराले राज्यविरुद्धको अपराधसमेतमा अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

यसअघि राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महासचिव तथा सांसद धवलशम्शेर राणासहित ६७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। हालसम्म यस घटनासँग सम्बन्धित पक्राउ पर्नेको संख्या ७३ पुगेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...