News Portal

अर्घाखाँचीमा जिप दुर्घटना : २ जनाको मृत्यु, २ गम्भीर घाइते

अर्घाखाँचीको मालारानी गाउँपालिकामा आज बिहान भएको एक जिप दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

संगीता गुरुङ
१८६ पटक

अर्घाखाँची, चैत २४ –  अर्घाखाँचीको मालारानी गाउँपालिकामा आज बिहान भएको एक जिप दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। लुटीपोखरीदेखि खनदहतर्फ गइरहेको जिप (लु २ च २९९० नम्बरको सिङगल क्याब) अनियन्त्रित भई झन्डै २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

जिपमा सवार मालारानी गाउँपालिका–४ का २२ वर्षीय चालक दिलिप खनाल र २१ वर्षीय बालकृष्ण रिजालको घटनास्थलमै मृत्यु भएको पुष्टि डिएसपी चक्रबहादुर मल्लले गरेका छन्।

दुर्घटनामा घाइते भएका १७ वर्षीय भुवन पोख्रेल र १७ वर्षीय वसन्त पोख्रेलको अवस्था गम्भीर रहेको बताइएको छ। उनीहरूलाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल पठाइएको छ।

दुर्घटनाको कारणबारे हाल अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। स्थानीयबासीको सहयोगमा उद्धार गरिएको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १८ गतेको राशिफल

आज पुष १८, २०८२ (जनवरी २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...