News Portal

अर्घाखाँचीमा जिप दुर्घटना : २ जनाको मृत्यु, २ गम्भीर घाइते

अर्घाखाँचीको मालारानी गाउँपालिकामा आज बिहान भएको एक जिप दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

संगीता गुरुङ
३०५ पटक

अर्घाखाँची, चैत २४ –  अर्घाखाँचीको मालारानी गाउँपालिकामा आज बिहान भएको एक जिप दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। लुटीपोखरीदेखि खनदहतर्फ गइरहेको जिप (लु २ च २९९० नम्बरको सिङगल क्याब) अनियन्त्रित भई झन्डै २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

जिपमा सवार मालारानी गाउँपालिका–४ का २२ वर्षीय चालक दिलिप खनाल र २१ वर्षीय बालकृष्ण रिजालको घटनास्थलमै मृत्यु भएको पुष्टि डिएसपी चक्रबहादुर मल्लले गरेका छन्।

दुर्घटनामा घाइते भएका १७ वर्षीय भुवन पोख्रेल र १७ वर्षीय वसन्त पोख्रेलको अवस्था गम्भीर रहेको बताइएको छ। उनीहरूलाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल पठाइएको छ।

दुर्घटनाको कारणबारे हाल अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। स्थानीयबासीको सहयोगमा उद्धार गरिएको थियो।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...