News Portal

रवि लामिछानेले भने : “अदालतको आदेश मान्दै अहिले नै गिरफ्तारी दिन्छु”

रवि लामिछानेले अदालतको आदेशको सम्मान गर्दै स्वेच्छाले आफू अहिले नै गिरफ्तारी दिन तयार भएको बताएका छन्।

संगीता गुरुङ
३८५ पटक

काठमाडौँ, चैत्र २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अदालतको आदेशको सम्मान गर्दै स्वेच्छाले आफू अहिले नै गिरफ्तारी दिन तयार भएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत सार्वजनिक मन्तव्य दिँदै उनले भनेका छन्, “सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफै आजै अहिले नै गिरफ्तारी दिँदै छु। न्यायका ढोका मेरा लागि खुला होलान् भन्ने विश्वास छ। ममाथि ठूलो अन्याय भएको छ, तर म न्यायका सबै ढोका ढकढकाउनेछु।”

शुक्रबार उच्च अदालत तुलसीपुर, बुटवल इजलासले सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। सो आदेशले जिल्ला अदालतको एक करोड धरौटीमा रिहा गर्ने निर्णय उल्ट्याएको हो। यो फैसलामा न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासको संलग्नता थियो।

लामिछानेले फागुन २६ गते उच्च अदालतमा निवेदन दिँदै आफूलाई साधारण तारेखमा रिहा गर्न अनुरोध गरेका थिए। तर, सोभन्दा पहिला नै फागुन १ गते सरकारी वकिलको कार्यालयले जिल्ला अदालतको धरौटीमा छोड्ने आदेशविरुद्ध पुनरावलोकनको माग गर्दै निवेदन दर्ता गराएको थियो।

हाल अदालतको आदेशपछि लामिछाने तत्कालै पक्राउमा पर्न सक्ने अवस्था सिर्जना भएको छ। घटनाक्रमले राजनीतिक र कानुनी वृत्तमा चासो थपेको छ।

 

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...