News Portal

सर्लाहीमा नक्कली प्रहरीको धाक: धम्की दिँदै पक्राउ, लागुऔषधसहित नियन्त्रणमा

सर्लाहीको मलंगवा नगरपालिका–१० स्थित साहारा गेष्ट हाउसमा प्रहरी अधिकृत भएको भन्दै होटल सञ्चालकलाई धम्क्याउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

संगीता गुरुङ
१९२ पटक

सर्लाही, चैत्र २२ – मलंगवा नगरपालिका–१० स्थित साहारा गेष्ट हाउसमा प्रहरी अधिकृत भएको भन्दै होटल सञ्चालकलाई धम्क्याउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

बुधबार साँझ करिब ५ बजे एक युवकले आफू नेपाल प्रहरीको ब्यूरो इन्स्पेक्टर भएको दाबी गर्दै होटलमा शंकास्पद गतिविधि गरिरहेको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोली तत्कालै त्यहाँ पुगेको थियो।

प्रहरी अनुसन्धानका क्रममा ती युवक सर्लाहीको हरिवन नगरपालिका–६ निवासी २९ वर्षीय अनुक्रम खरेल रहेको खुलेको छ। नेपाल प्रहरीसँग कुनै सम्बन्ध नभएका खरेलको साथबाट प्रतिबन्धित लागूऔषध स्पास्मो प्रोक्सिभनका तीन पत्ता (२४ ट्याबलेट) बरामद गरिएको प्रहरीले जनाएको छ।

हाल उनलाई नियन्त्रणमा लिई लागुऔषध सम्बन्धी मुद्दामा थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।

 

प्रतिकृया दिनुहोस्

धादिङ कलेरीमा माघे संक्रान्ती–२०८२: मगर संस्कृति र परम्पराको उत्सव

धादिङ – मगर भाषा, संस्कृति तथा परम्परागत पहिचानको जगेर्ना र संरक्षण गर्ने उद्देश्यले माघे संक्रान्ती–२०८२...

रवि–बालेन एकता सहमति-घण्टी प्रतीकमा नयाँ राजनीतिक यात्राको घोषणा

काठमाडौँ – नेपालमा वैकल्पिक राजनीतिक शक्ति निर्माणको उद्देश्यसहित रवि लामिछाने र बालेन्द्र शाह (बालेन) बीच...

आज २०८२ साल पुष १३ गतेको राशिफल

आज पुष १३, २०८२ (डिसेम्बर २८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...