News Portal

सर्लाहीमा नक्कली प्रहरीको धाक: धम्की दिँदै पक्राउ, लागुऔषधसहित नियन्त्रणमा

सर्लाहीको मलंगवा नगरपालिका–१० स्थित साहारा गेष्ट हाउसमा प्रहरी अधिकृत भएको भन्दै होटल सञ्चालकलाई धम्क्याउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

संगीता गुरुङ
२७२ पटक

सर्लाही, चैत्र २२ – मलंगवा नगरपालिका–१० स्थित साहारा गेष्ट हाउसमा प्रहरी अधिकृत भएको भन्दै होटल सञ्चालकलाई धम्क्याउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

बुधबार साँझ करिब ५ बजे एक युवकले आफू नेपाल प्रहरीको ब्यूरो इन्स्पेक्टर भएको दाबी गर्दै होटलमा शंकास्पद गतिविधि गरिरहेको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोली तत्कालै त्यहाँ पुगेको थियो।

प्रहरी अनुसन्धानका क्रममा ती युवक सर्लाहीको हरिवन नगरपालिका–६ निवासी २९ वर्षीय अनुक्रम खरेल रहेको खुलेको छ। नेपाल प्रहरीसँग कुनै सम्बन्ध नभएका खरेलको साथबाट प्रतिबन्धित लागूऔषध स्पास्मो प्रोक्सिभनका तीन पत्ता (२४ ट्याबलेट) बरामद गरिएको प्रहरीले जनाएको छ।

हाल उनलाई नियन्त्रणमा लिई लागुऔषध सम्बन्धी मुद्दामा थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १८ गतेको राशिफल

आज चैत १८, २०८२ ( अप्रिल १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री बालेन्द्र शाहको छलफल

काठमाडौं, चैत १७ – प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरेका छन्।...

एमाले सचिवालय बैठक च्यासलमा जारी, ओली पक्राउपछि रणनीति बनाइँदै

काठमाडौं, चैत १७ – नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा जारी रहेको...

कानेपोखरीमा ६९औं राष्ट्रिय सहकारी दिवस मनाइने

मोरङ – यस वर्षको ६९औं राष्ट्रिय सहकारी दिवस मोरङको कानेपोखरी गाउँपालिकामा मनाइने भएको छ। कानेपोखरी–रमाइलो...