News Portal

कोटमैदान जाँदै गरेको जिप दुर्घटना, एक जनाको मृत्यु, तीन घाइते

बागलुङको गलकोट नगरपालिका–३ हटिया बजारबाट कोटमैदानतर्फ गइरहेको जिप दुर्घटनामा पर्दा एक जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्।

संगीता गुरुङ
१९६ पटक

बागलुङ, चैत्र २१ – गलकोट नगरपालिका–३ हटिया बजारबाट कोटमैदानतर्फ गइरहेको जिप दुर्घटनामा पर्दा एक जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्।

गलकोट नगरपालिका–११ रिघाका २२ वर्षीय विष्णु रानाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजय यादवले पुष्टि गरेका छन्। दुर्घटनामा गलकोट–५ सर्दाखेतका २२ वर्षीय राजन विक, वडा नम्बर ४ डाँडाखेतका १९ वर्षीय रमेश सुनार र वडा नम्बर ३ बोहराफाँटका १९ वर्षीय अशोक बोहरा घाइते भएका छन्।

घाइतेहरूको गलकोट नगर अस्पतालमा उपचार भइरहेको छ। जिपमा चार जना सवार रहेको र चैते दशैं मेलामा सहभागी हुन कोटमैदान गइरहेको बेला दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १८ गतेको राशिफल

आज पुष १८, २०८२ (जनवरी २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...