News Portal

शिक्षक महासंघको आन्दोलनप्रति विप्लव नेतृत्वको नेकपाको ऐक्यबद्धता

नेपाल शिक्षक महासंघको जारी आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पूर्ण समर्थन जनाएको छ।

संगीता गुरुङ
२८४ पटक

काठमाडौं, चैत्र २१ – नेपाल शिक्षक महासंघको जारी आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पूर्ण समर्थन जनाएको छ।

नेकपाको शिक्षा तथा स्वास्थ्य सरोकार विभागले बिहीबार एक विज्ञप्ति जारी गर्दै २० गतेदेखि जारी आन्दोलनप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। विभाग प्रमुख भेषराज सीद्वारा जारी विज्ञप्तिमा हजारौँ शिक्षक, शिक्षिका तथा विद्यालय कर्मचारीहरू न्यायका लागि संघर्षरत रहेको भन्दै आन्दोलनको पूर्ण सफलताको शुभकामना व्यक्त गरिएको छ।

विज्ञप्तिमा उल्लेख गरिएको छ कि नेपाली शिक्षकहरूले वैज्ञानिक, व्यवहारिक, जीवन उपयोगी, निःशुल्क तथा सर्वसुलभ शिक्षा र शिक्षण पेशाको सम्मानका लागि निरन्तर संघर्ष गर्दै आएका छन्। तर, सरकारहरूले बारम्बार सम्झौता गरे पनि ती सम्झौताहरू कार्यान्वयन नगर्ने प्रवृत्ति दोहोरिँदै आएको भन्दै नेकपाले सरकारप्रति गम्भीर असन्तोष व्यक्त गरेको छ।

पार्टीले शिक्षकहरूको मागलाई उपेक्षा नगर्न सरकारलाई सचेत गराउँदै अविलम्ब नयाँ शिक्षा ऐन पारित गर्न आग्रह गरेको छ। नेकपाका अनुसार अब शिक्षकहरू आधा बाटोमा रोकिने छैनन्, माग पूरा नभएसम्म संघर्ष जारी राख्नेछन्। सरकारको ढिलासुस्तीका कारण शिक्षण क्षेत्र अस्तव्यस्त भएको भन्दै यसतर्फ गम्भीर ध्यान दिनुपर्ने नेकपाको धारणा रहेको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ८ गतेको राशिफल

आज चैत ८, २०८२ ( मार्च २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

खाडी मुलुकमा अफवाह फैलाएको आरोपमा सात नेपाली पक्राउ

काठमाडौं, चैत ६ – सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा सात नेपाली पक्राउ परेका...

गगन थापाको राजीनामा अस्वीकृत गर्न विश्वप्रकाशका ७ आधार

काठमाडौं, चैत ६ — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत...

दूतावासको निर्णयमा नयाँ दल मौन : श्रमिक अधिकारप्रति प्रश्न -विजय खत्री

काठमाडौँ – कुवेतस्थित नेपाली दूतावासले सामाजिक सञ्जालमार्फत श्रमिकहरूले आफ्ना गुनाेसा राख्न पाउने अधिकार सीमित गर्ने...

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...