News Portal

रास्वपा नेता डा. राजकुमार राई रक्सी चोरी आरोपमा पक्राउ

रास्वपा नेता डा. राजकुमार राई रक्सी चोरी आरोपमा पक्राउ परेका छन्।

संगीता गुरुङ
३८२ पटक

काठमाडौं, चैत्र २१ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता डा. राजकुमार राईलाई रक्सी चोरीको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

प्राप्त विवरणअनुसार, तीनकुनेस्थित राजावादी आन्दोलनमा संलग्न रहेका राईलाई भाटभटेनी सुपरमार्केटबाट मदिरा चोरी गरेको आरोपमा पक्राउ गरिएको हो। प्रहरी स्रोतका अनुसार सिसीटीभी फुटेजका आधारमा उनीमाथि अनुसन्धान अघि बढाइएको छ।

राजनीतिक वृत्तमा लामो समयदेखि सक्रिय रहेका राई नेपाली कांग्रेस परित्याग गरी रास्वपामा आवद्ध भएका थिए। पछिल्लो समय उनले विभिन्न आन्दोलनहरूमा अग्रणी भूमिका खेलेका थिए।

यसैबीच, प्रहरीले राजावादी आन्दोलनको क्रममा भएको अराजक गतिविधिका कारण ४१ जनाविरुद्ध म्याद थप गरी अनुसन्धान जारी राखेको जनाएको छ। आन्दोलनका क्रममा सुरक्षाकर्मीमाथि आक्रमण, सार्वजनिक सम्पत्तिको क्षति तथा आगजनीजस्ता घटनाहरू भएका छन्।

त्यस्तै, सो आन्दोलनका प्रमुख संयोजक दुर्गा प्रसाईँ भने हालसम्म फरार रहेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

 

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...