News Portal

रास्वपा नेता डा. राजकुमार राई रक्सी चोरी आरोपमा पक्राउ

रास्वपा नेता डा. राजकुमार राई रक्सी चोरी आरोपमा पक्राउ परेका छन्।

संगीता गुरुङ
३०९ पटक

काठमाडौं, चैत्र २१ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता डा. राजकुमार राईलाई रक्सी चोरीको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

प्राप्त विवरणअनुसार, तीनकुनेस्थित राजावादी आन्दोलनमा संलग्न रहेका राईलाई भाटभटेनी सुपरमार्केटबाट मदिरा चोरी गरेको आरोपमा पक्राउ गरिएको हो। प्रहरी स्रोतका अनुसार सिसीटीभी फुटेजका आधारमा उनीमाथि अनुसन्धान अघि बढाइएको छ।

राजनीतिक वृत्तमा लामो समयदेखि सक्रिय रहेका राई नेपाली कांग्रेस परित्याग गरी रास्वपामा आवद्ध भएका थिए। पछिल्लो समय उनले विभिन्न आन्दोलनहरूमा अग्रणी भूमिका खेलेका थिए।

यसैबीच, प्रहरीले राजावादी आन्दोलनको क्रममा भएको अराजक गतिविधिका कारण ४१ जनाविरुद्ध म्याद थप गरी अनुसन्धान जारी राखेको जनाएको छ। आन्दोलनका क्रममा सुरक्षाकर्मीमाथि आक्रमण, सार्वजनिक सम्पत्तिको क्षति तथा आगजनीजस्ता घटनाहरू भएका छन्।

त्यस्तै, सो आन्दोलनका प्रमुख संयोजक दुर्गा प्रसाईँ भने हालसम्म फरार रहेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...